दक्षिण कोरियाले युक्रेनलाई हतियार पठाए उत्तर कोरियालाई हतियार दिने रुसको चेतावनी

काठमाडौं । दक्षिण कोरियाले युक्रेनलाई सैन्य सहायता दिन थाले रुसले उत्तर कोरियालाई उन्नत हतियार दिने रुसी पूर्व राष्ट्रपति दिमित्री मेदभेदेभले चेतावनी दिएका छन् ।
दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलले अर्को हप्ता अमेरिकाको राजकीय भ्रमण अघि बुधबार रोयटर्ससँगको अन्तर्वार्तामा युक्रेन द्वन्द्वको सन्दर्भमा सम्भावित नीति परिवर्तनको संकेत दिए ।
“यदि त्यहाँ अन्तर्राष्ट्रिय समुदायले माफी दिन नसक्ने अवस्था छ, जस्तै नागरिकहरूमा ठूलो मात्रामा आक्रमण, नरसंहार वा युद्धको कानुनको गम्भीर उल्लङ्घन, हामीलाई मानवीय वा आर्थिक सहयोगमा मात्र जोड दिन गाह्रो हुन सक्छ,“ युनले भने। ।
“युद्धमा संलग्न पक्षहरूसँगको हाम्रो सम्बन्ध र रणभूमिमा भएका घटनाक्रमलाई ध्यानमा राखी हामी सबै भन्दा उपयुक्त उपायहरू गर्नेछौं,“ उनले थपे।
हाल रूसी राष्ट्रिय सुरक्षा परिषद्को उपाध्यक्ष रहेका मेदभेदेभले दक्षिण कोरियाली सरकारले अहिलेसम्म किभलाई घातक सहायता प्रदान गर्न अस्वीकार गरेको बताए ।
युनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग उत्तर कोरियालाई रोक्ने विषयमा दुई देशबीच छलफललाई मूर्तरूप दिन अमेरिकी भ्रमणमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको वार्ता हुने बताए ।
दक्षिण कोरियाले आफ्नो छिमेकी उत्तर कोरियाबाट हुनसक्ने खतराहरू रोक्न अति उच्च–प्रदर्शन, उच्च–शक्ति हतियारहरूको विकास गरिरहेको बताए ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking
प्रतिक्रिया