Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

सुडानमा ७२ घण्टे युद्धविराम पालना भएन, विष्फोटका घटना जारी


सुडानमा सेना र अर्धसैनिक बलबीच ७२ घण्टे युद्धविराम भए पनि पालना भएको छैन । युद्धविरामकैबीच राजधानी खार्तुमसहित विभिन्न शहरमा लडाइँ तथा विष्फोटका घटना भएका छन् ।

अमेरिका र साउदी अरबको मध्यस्थतामा लडाइँ सुरु भएको दशौँ दिन हिजो बिहानदेखि ७२ घण्टे युद्धविरामको सहमति भएको थियो । तर सुडानको सेना र र्‍यापिड सपोर्ट फोर्सेस (आर.एस.एफ.)बीच लडाइँ भैरहेको समाचार संस्था एपीले जनाएको छ ।

वैशाख २ गतेदेखि दुई पक्षबीच सुरु भएको द्वन्द्वमा चार सय ६० जनाभन्दा धेरैले ज्यान गुमाएका छन् । युद्धमा ज्यान गुमाउनेको वास्तविक सङ्ख्या योभन्दा धेरै भएको अनुमान गरिएको छ । राष्ट्रसङ्घीय निकायले झण्डै दु्ई लाख सुडानी नागरिक सुरक्षाको खोजीमा छिमेकी देशमा पुगेका बताएको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट