Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कतारको मरुभूमिमा मात्र क्युबाली डाक्टरहरू भएको अस्पताल


काठमाडौं । कतारको राजधानी दोहाबाट ८० किलोमिटर पश्चिमस्थित दोखान शहरबारे स्थानीयहरूले तेलको पहिलो स्रोत फेला परेको ठाउँको रूपमा बताउने गर्छन् ।

यही ठाउँमा अरब देशको सम्पत्तिको इतिहासको बारेमा चर्चा भइरहेको बेला क्युबाको चर्चा पनि हुने गरेको छ ।

यो त्यही स्थान हो जहाँ गत डिसेम्बरमा विश्वकप फाइनलमा अर्जेन्टिना जितेको घोषणा गरिएको थियो ।

कतारको यो शहर नजिकै एक अस्पताल छ । जहाँ हरेक कर्मचारीको सम्बन्ध क्युबासँग रहेको छ ।

अन्तर्राष्ट्रियरूपमा चर्चित कम्युनिस्ट नेता फिडेल क्यास्ट्रोको देश क्युबाका डाक्टरहरूले विदेशमा स्वास्थ्य सेवा दिएर वैदेशिक मुद्रा कमाउने गर्छन् ।

यो अस्पतालमा उच्चतम स्वास्थ्य सेवा उपलब्ध दिइने गरिएको प्रतिष्ठा प्राप्त छ ।

अमेरिकाको आर्थिक नाकाबन्दीमा निरन्तर सामना गर्दै आएको क्युबा र कतारबीचको कूटनीतिक सम्बन्ध १९८९मा स्थापना भएको थियो । १९९८मा क्युबाले दोहामा दूतावास स्थापना गरेको थियो । सन् २००१मा कतारले हवानामा दूतावास स्थापना गरेको थियो ।

कतार धनी देश हो । यहाँको जनसंख्या ३० लाख जति रहेको छ ।

सन् १९९५देखि२०१३बीच यहाँ शासन गरेका अमिर हम्माद बिन खलिफा अल सानी आधुनिक सोचका थिए । विदेशी प्रतिभालाई विदेशबाट ल्याउने र यहाँ स्थापित गराउने काम उनले गरेका थिए । यसका कारण क्युबा अस्पताल यहाँ विकास गर्न पायो ।

क्युबामा कम्युनिस्ट क्रान्ति भएपछि यहाँ स्वास्थ्य क्षेत्रमा विकास भयो । यहाँका डाक्टरहरूले विदेशमा गएर स्वास्थ्य सेवा दिएर विदेशी मुद्रा आर्जन गर्न सक्षम भए । अल्जिरियामा क्युबाली डाक्टरहरूको पहिलो मिसन सन्१९६३मा खोलिएको थियो । यो अभियानको ६० वर्षमा क्युबाका डाक्टरहरूले विश्वका १५० भन्दा बढी देशमा सेवा दिइरहेका छन् ।

सन्२०२३को सुरुआतमा क्युबाका करिब २४ हजार चिकित्सहरू र अन्य कर्मचारीहरूले५६ देशहरूमा सेवा दिइरहेका छन् ।

विश्व बैंक अनुसार क्युबामा हरेक एक व्यक्तिका लागि ८ जना चिकित्सक रहेका छन् । यो आँकडा ल्याटिन अमेरिकामा मात्रै होइन् । विश्वका धेरै राम्रा देशहरू भन्दा पनि राम्रो स्थिति रहेको छ ।

कतारको चर्चित अस्पताल कतार पेट्रोलिअमको छेउमै रहेको छ । क्युबाले चिकित्सा कूटनीतिलाई विश्वभरि फैलाइरहेको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, स्वास्थ्य
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट