Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

भारतको आन्तरिक हवाई सेवामा नयाँ कीर्तिमान


एकै दिन साढे चार लाख भारतीय नागरिकले हवाई यात्रा गर्दा भारतको आन्तरिक हवाई सेवामा नयाँ कीर्तिमान बनेको छ । गएको आइतबार (अप्रिल ३० तारिखमा) एकै दिन ४ लाख ६६ हजार ८२ यात्रुले उडान गरेपछि आन्तरिक हवाई सेवामा एकै दिन सबैभन्दा धेरै व्यक्तिले उडान गरेको कीर्तिमान बनेको हो ।

दुई हजार ९ सय ७८ उडानमार्फत् यो रेकर्ड बनेको भारतका उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले ट्वीट गरी जानकारी दिएका छन् । कोरोना महामारीपछि आन्तरिक यात्रुको सङ्ख्या बढ्दै गएको र यसले भारतको आर्थिक सुधारलाई देखाएको उनको भनाई छ । यसअघि इन्टरनेस्नल एअर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए) को एक विवरणले भारतमा आन्तरिक उडानमा हुने यात्रा महामारी अघिको अवस्थामा फर्कन थालेको देखाएको थियो ।

कोरोना महामारीका बेला दुई वर्षसम्म कुनै पनि वृद्धि थिएन तर अहिले यात्रुको उडान बढिरहेको उड्डयन विश्लेषक मार्क मार्टिनलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट