Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

भारतीय सेनाको हेलिकम्पटर जम्मू–कस्मिरको किश्तवाडमा दुर्घटना


काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिहीबारजम्मू कास्मिरको किश्तवाड जिल्लामा दुर्घटनामा परेको छ ।

जम्मू र कश्मीरको किश्तवार जिल्लामा तीन जना सवार सेनाको हेलिकप्टर जंगलमा बिहीबार दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् ।

अहिलेसम्म कसैको हताहतको खबर सार्वजनिक भएको छैन ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

उक्त दुर्घटना पहाडी जिल्लाको मारवाह क्षेत्रमा भएको अधिकारीहरूले बताएका छन्।

रक्षा मन्त्रालयका एक प्रवक्ताले खोजी अभियान सुरु गरिएको छ ।

यस मार्चको सुरुमा अरुणाचल प्रदेशको मण्डला पहाडी क्षेत्रमा भारतीय सेनाको एभिएसन चिता हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको थियो ।

दुर्घटनापछि भारतीय सेना सशस्त्र सीमा बल (एसएसबी) र प्रहरीले खोजी अभियान चलाएका थिए ।

अधिकारीहरुका अनुसार सेनाको चिता हेलिकप्टर सञ्चालनमा रहेको बेला एयर ट्राफिक कन्ट्रोलरसँग सम्पर्कविहीन भएको थियो ।

बोम्डिलाको पश्चिम मण्डला नजिक दुर्घटना भएको बताइएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट