Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

बेलायतका राजा चार्ल्स तृतीय र महारानी क्यामिलालाई विश्वका शीर्ष नेताहरूद्वारा बधाई


काठमाडौं । अमेरिका, चीनसहित युरोपेली देशका शीर्ष नेताहरूले बेलायतका राजा चार्ल्स तृतीय र महारानी क्यामिलालाई राज्याभिषेकका लागि बधाई दिएका छन् ।

उनीहरुले राज्याभिषेकका अवसरमा आपसी ‘सहयोग’ र ‘शान्ति’ का लागि आह्वान समेत गरेका छन् ।

अमेरिकाका राष्ट्रपति जो वाइडेनले लण्डनमा भएको भव्य समारोहमा उनीहरूलाई बधाई व्यक्त गरे ।

जो वाइडेनले ‘अमेरिका र बेलायतबीचको स्थायी मित्रता’ प्रति सद्भाव व्यक्त गरेका बीबीसीले जनाएको छ ।

त्यस्तै चीनका राष्ट्रपति सी चिनफिङले राजा चार्ल्स तृतीयको कार्यकालको सफलताको कामना गर्दै बेलायतलाई ‘स्थिर र पारस्परिक लाभका लागि काम गर्न’ आग्रह गरेका छन् ।

युरोपेली सङ्घ (ईयू)की कार्यकारी प्रमुख, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले राज्याभिषेकलाई ‘बेलायती राजशाहीको स्थायी शक्तिको प्रमाण’ बताएकी छिन् ।

लन्डनको प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबीमा हिजो भएको राज्याभिषेक समारोहमा राजा चार्ल्स तथा उनकी पत्नी क्विन कन्सोर्ट क्यामिलालाई राजमुकुट पहिर्‍याइएको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट