Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई रिहा गर्न र कम्तीमा २ हप्ता पक्राउ नगर्न अदालतको आदेश


पाकिस्तानको एउटा अदालतले भ्रष्टाचारको अभियोगमा पक्राउ परेका पूर्वप्रधानमन्त्री इमरान खानलाई जमानतमा रिहा गर्न र कम्तीमा दुई हप्ता फेरि नपक्रिन आदेश दिएको छ ।

सर्वोच्च अदालतले खानको गिरफ्तारीलाई अवैध ठहर गरेको भोलिपल्ट इस्लामाबाद उच्च अदालतले खानलाई मुक्त गर्न र कम्तीमा दुई हप्ता फेरि पक्राउ नगर्न आदेश दिएको बीबीसीले जनाएको छ । न्यायाधीशहरूले खानलाई कम्तीमा दुई हप्ता सुरक्षित हुने गरी जमानत दिएका हुन् ।

यसअघि खानले रिहा भएलगत्तै आफूलाई पुनः पक्राउ गरिने बताएका थिए । खानको पक्राउसँगै पाकिस्तानी सेनासँगको उनको तनाव बढेको थियो । प्रधानमन्त्री पदबाट हटेपछि खान सेनाको सबैभन्दा प्रखर आलोचक बनेका छन् ।

गएको मङ्गलवार खान पक्राउ परेपछि पाकिस्तानभरि चर्किएको प्रदर्शनका क्रममा कम्तीमा १० जनाको ज्यान गएको छ भने दुई हजार जनाभन्दा बढी मानिस पक्राउ परेका छन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट