Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

रूस र युक्रेनबीचको खाद्यान्न सम्झौता थप दुई महिना लम्बियो


संयुक्त राष्ट्र सङ्घको समर्थन प्राप्त रूस र युक्रेनबीचको खाद्यान्न सम्झौता थप दुई महिना लम्बिएको छ।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्की र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई सम्झौता लम्ब्याउन भूमिका खेलेको र आफूले यसको समन्वय गरेको बताए । त्यसअनुसार ‘ब्ल्याक सी’ को अन्न सम्झौतालाई थप दुई महिना लम्ब्याउने निर्णय भएको उनले जानकारी दिए।

एर्दोगानले यो सम्झौता सबै पक्षका लागि लाभदायक हुने विश्वास व्यक्त गरेको समाचार संस्था एएफपीले जनाएको छ । अघिल्लो वर्षको फेब्रुअरीमा रूसले आक्रमण गर्नुअघि युक्रेन विश्वको प्रमुख खाद्यान्न निर्यातकर्तामध्ये एक थियो।

रुसी युद्धपोतहरूले युक्रेनको ‘ब्ल्याक सी’ बन्दरगाह अवरुद्ध गरेपछि विश्व बजारमा खाद्यान्नको मूल्य बढेको थियो । युद्ध सुरु भएयता रूस र युक्रेनबीच यो मात्रै एउटा सम्झौता भएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट