Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बीस करोड चालीस लाख अमेरिकी डलर बेलायती रानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टि खर्च भएको खुलासा


काठमाडौं । बेलायती सरकारले रानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टि र सम्बन्धित कार्यक्रमहरूमा १६ करोड २० लाख पाउन्डस्टर्लिङ तदनुसार २० करोड चालीस लाख अमेरिकी डलर बराबरको रकम खर्च गरिएको यो हप्ता ट्रेजरीले खुलाएको छ ।

गत वर्ष सेप्टेम्बर ८मा रानी एलिजाबेथ द्वितीयाको निधन पछि दश दिनको राष्ट्रिय शोक घोषणा गरिएको थियो । सेप्टेम्बर १९मा अन्त्येष्टि गरिएको थियो ।

उनको ९६ वर्षको उमेरमा निधन भएको थियो ।

ट्रेजरीले उपलब्ध गराएको सो खर्चको विवरणमा गृह कार्यालयले सबैभन्दा ठूलो रकम ७ करोड ४० लाख पाउन्डस्र्टलिङ त्यसपछि संस्कृति, मिडिया र खेलकुद विभागले ५ करोड ७४ लाख र स्कटिश सरकाारले स्कटिश सरकारले १ करोड ८८ लाख पाउन्ड स्टर्लिङ भुक्तानी गरेको छ भने वेल्श सरकार र उत्तरी आयरल्याण्ड कार्यालयले लगभग२० लाख पाउन्डस्टर्लिङ भुक्तानी गरेको छ ।

एलिजाबेथका छोरा र बेलायती राजतन्त्रका उत्तराधिकारी राजा चार्ल्स तृतीयको मे ६ तारिखमा राज्याभिषेक गरिएको थियो । तीनदिन सम्म चलेको सो राज्याभिषेकको खर्च ५ करोड देखि १० करोड पाउन्डस्टर्लिंङ बीच भएको अनुमान गरिएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट