Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

६ अमेरिकी राष्ट्रपतिलाई सल्लाह दिने किसिन्जरका कारण ३० लाख मानिसको मृत्यु


काठमाडौं । अमेरिकाका ६ राष्ट्रपतिलाई विदेश नीतिमा सल्लाह दिने पूर्व विदेशमन्त्री हेनरी किसिन्जरका कारण विश्वका ३० लाख मानिसको मृत्यु भएको एक अध्ययन सार्वजनिक गरिएको छ ।

उनको सयौँ जन्मदिनको अवसर पारी द इन्टरसेप्टले मंगलबार प्रकाशित गरेको एक प्रतिवेदनमा किसिन्जरको विदेश नीतिका कारण ३० लाखभन्दा बढी मानिसको ज्यान गएको उल्लेख छ ।

अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन युगका विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा किसिन्जरका आलोचकहरूले अक्सर उनलाई धेरै अमेरिकी समर्थित नरसंहार र सत्ता पलटमाा निर्णायक भूमिका खेलेकाले युद्ध अपराधीको रूपमा वर्णन गर्ने गरेका छन् ।

सन् १९७० को दशकमा कम्बोडिया र भियतनाम युद्धको अत्यधिक अवैध विस्तारमा उनको भूमिका महत्वपूर्ण रहेको थियो ।

पूर्वी टिमोर र बंगलादेशमा प्रायोजित नरसंहार, महाद्वीप–व्यापी आतंकवाद, कन्डोर अपरेसनको रूपमा चिनिने ल्याटिन अमेरिकामा विद्रोह र मृत्यु दल, दक्षिणी अफ्रिकामा गृहयुद्धको भड्काव र कम्बोडिया र लाओसको कार्पेट–बम विस्फोटसमेत गरी किसिन्जरका कारण ३० लाख भन्दा बढी मानिसको ज्यान गएको औँल्याइएको छ ।

किसिन्जरले भने आफ्नो कारणले ५० हजार कम्बोडियालीको मृत्यु भएको मात्र स्वीकार गरेका छन् ।

इन्टरसेप्ट रिपोर्टर निक ट्रुसले कम्बोडियाली मृत्युको संख्या नै डेढलाख नजिक रहेको बताएका छन् ।

अमेरिकी रक्षामन्त्रालय पेन्टागनका गोप्य युद्ध अपराध टास्क फोर्सबाट अवर्गीकृत अमेरिकी सैन्य कागजातहरूको आधारमा द इन्टरसेप्टले तत्कालीन राष्ट्रपति रिचर्ड निक्सन प्रायः रक्सीले मातिएको हुने गरेको युद्धरत क्षेत्र कम्बोडिया लगायतका क्षेत्रमा पेन्टागनलाई सुसंगत निर्देशनहरू पठाउने किसिञ्जरको निर्णयबाट हुने गरेको खुलासा गरेको छ ।
१९७० को दशकमा व्यापक बम विस्फोट अभियान सञ्चालन गरिएका थिए ।

उनले कथित निर्देशनका आधारमा ३८७५ व्यक्तिगत बम विस्फोटहरूलाई अनुमोदन गरेका थिए । सन् १९७३मा मात्रै कम्बोडियामा २लाख ५७ हजार टन भन्दा बढी विस्फोटकहरू बमवर्षकहरूले खसालेका थिए।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट