Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सामसङ गल्याक्सी एस ट्वेन्टी थ्री खोज्न जलाशय रित्याउने भारतका सरकारी अधिकारी निलम्बित


काठमाडौं । सेल्फी खिच्ने क्रममा खसेको आफ्नो सामसङ एस ट्वेन्टी थ्री फोन खोज्न सो जलाशयको पानी रित्याउन लगाउने एक भारतीय सरकारी अधिकारी निलम्बनमा परेका छन् ।

६०० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ गर्न भण्डारण गरी राखिएको जलाशयको पानी रित्याउन आदेश दिने राजेश विश्वास नामका ती अधिकारीलाई निलम्बन गरिएको हो ।

विश्वास आइतबार छत्तीसगढ राज्यको खेरकट्टा बाँधमा नुहाउँदै गर्दा सेल्फी खिच्ने प्रयासमा आफ्नो सामसङ गल्याक्सी एस ट्वेन्टी थ्री फोन पानीमा खसाले । उनेको फोन बाँधको चार मिटर गहिरो जलाशयमा डुब्यो । विश्वासले तुरुन्तै केही स्थानीयहरूलाई पानी मुनि गएर सो फोन निकाल्न लगाएका थिए ।

गोताखोरहरूले उनको फोन खोज्न असफल भएपछि ३५ वर्षीय खाद्यान्न निरीक्षक विश्वासले दुईटा डिजेल पम्प भाडामा लिए र तीन दिनको अवधिमा मानव निर्मित तालबाट २१ लाख लिटर पानी खाली गर्न लगाए ।

उनलाई कामको जिम्मा लगाउने निकायमा खबर भएपछि त्यहाँबाट त्यो पानी निकाल्ने काम बन्द गर्न आदेश आएसम्म सो जलाशयको पानीस्तर झन्डै आधाले कम भइसकेको थियो ।

अनुसन्धान पूरा भएसम्म तिनलाई निलम्बन गरिएको छ ।

स्थानीय अधिकारी प्रियंका शुक्लाले पानी एक अत्यावश्यक स्रोत हो जसलाई यसरी बर्बाद गर्न नसकिने बताइन् । साथै उनलाई अनुसन्धान नभएसम्मका लागि निलम्बन गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट