Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

टर्कीमा भएको राष्ट्रपति चुनावमा रिसेप तैयप एर्डोगान विजयी


टर्कीका वर्तमान राष्ट्रपति रिसेप तैयप एर्डोगान राष्ट्रपति चुनावमा विजयी भएका छन् । उनले ५२ प्रतिशत मत प्राप्त गर्दै प्रतिद्वन्द्वी केमल किलिच्दारोग्लुलाई पराजित गरे ।

त्यहाँका निर्वाचन अधिकृतका अनुसार एर्डोगानले ५२ दशमलव १६ प्रतिशत मत पाउनु भएको छ । दुई हप्ता अघि मे १४ तारिखमा भएको पहिलो चरणको मतदानमा वर्तमान राष्ट्रपति एर्डोगान र उहाँका प्रतिस्पर्धी किलिच्दारोग्लु दुवैले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि हिजो पुनः मतदान भएको हो ।

टर्कीमा राष्ट्रपति चुनिन ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ । २० वर्षसम्म सत्तामा रहेका एर्डोगान फेरि ५ वर्षका लागि राष्ट्रपतिमा चयन भएका हुन् । जित पछि उनले आफूलाई विश्वास गरेर मतदान गर्ने नागरिकलाई आभार व्यक्त गरेका छन् ।

उनले यो जित समग्र टर्कीका नागरिकको जित भएको पनि बताएका छन् । उनका समर्थक र शुभचिन्तकले जितपछि उत्सव मनाउन थालेका छन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट