Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बङ्लादेशद्वारा सरकारी कर्मचारीलाई पहिलो श्रेणीको हवाई यात्रामा रोक


बङ्लादेशले सरकारी कर्मचारीलाई पहिलो श्रेणीको हवाई यात्रामा रोक लगाएको छ । देशमा आर्थिक संकट बढ्दै गएको भन्दै बङ्लादेश सरकारले मितव्ययी बन्न आग्रह समेत गरेको छ ।

घोषणा अनुसार अब सरकारी कर्मचारीले महँगो मानिने ुएु श्रेणीको हवाई यात्रा गर्न नपाउने भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । कोरोना महामारीको प्रभाव र विश्वव्यापी आर्थिक सङ्कटसँग जुध्न बङ्लादेश सरकारले मितव्ययिताका उपायहरू अवलम्बन गरेको छ ।

बङ्लादेशले गएको वर्ष नोभेम्बरमा अर्को सूचना नभएसम्म सबै सार्वजनिक कर्मचारीहरूको विदेश यात्रामा प्रतिबन्ध समेत लगाएको थियो । तर, यो वर्ष मार्चमा विदेश यात्रााको प्रतिबन्ध केही खुकुलो पारिएको थियो ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट