Techie IT
  • ५ जेठ २०८१, शनिबार
Jhilko

युक्रेनी सरकारले पश्चिमा देशहरूसँग ५५ अर्ब अमेरिकी डलर बराबरको हतियार माग्यो


काठमाडौं । युक्रेनी सरकारले पश्चिमा देशहरूसँग ५५ अर्ब अमेरिकी डलर बराबरको हतियार मागेको छ ।

राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले द वाल स्ट्रिट जरनल लाई दिएको अन्तर्वार्तामा यस्तो बताएका हुन् ।

युक्रेनले आफ्नो पूर्वाधार र रुसी हवाई युद्ध क्षमतामा श्रेष्ठता कायम गर्न दर्जर्नौँ अमेरिकी निर्मित प्याट्रियट एयर डिफेन्स सिस्टम र ब्याट्रीहरू चाहेको उनले अन्तावार्तामा बताए ।

प्याट्रियट हवाई सुरक्षा प्रणाली रूसी मिसाइलहरूलाई रोक्न सक्षम विश्वमा एक मात्र प्रणाली भएको जेलेन्स्कीले दाबी गरे ।

मे मा युक्रेन सरकारले उसको सेनाले रुसी हाइपरसोनिक किन्जल मिसाइललाई प्याट्रियट एयर डिफेन्स सिस्टम प्रयोग गरी रोक्न सफल भएको जनाएको थियो ।

रुसी सरकारले ती दावीहरूलाई अस्वीकार गरेको थियो

फोर्ब्सले उल्लेख गरे अनुसार हरेक प्याट्रियट ब्याट्रीको लागत लगभग १ अर्ब १० करोड अमेरिकी डलर बराबर रहेको र जेलेन्स्कीले गरेको कुल मागको लागत ५५ अर्ब अमेरिकी डलरबराबरको हुने छ ।

अमेरिकी सरकारले युक्रेनका लागि छुट्टयाएको सैन्य सहायता कुल रकम भन्दा यो बढी रहेको छ ।

गत वर्ष फेब्रुअरीमा रुसले युक्रेनमाथि युद्ध गरेयता अमेरिकी सरकारले युक्रेनलाई ३७ अर्ब अमेरिकी डलर बराबरको सैन्य सहायता उपलब्ध गराइसकेको छ । यसमा हालसम्म दुईवटा प्याट्रियट ब्याट्रीहरू समावेश गरेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अन्तर्वार्ता
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट