Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

इनेगिने देशहरूसँग मात्र रहेको हाइपरसोनिक मिसाइल इरानद्वारा अनवारण


काठमाडौं । इनेगिने देशहरूसँग मात्र रहेको हाइपरासेनिक मिसाइल आफूसँग भएको भन्दै इरानले नयाँ हाइपरसोनिक मिसाइल अनावरण गरेको छ ।

इरानले यो नयाँ हाइपरसोनिक क्षेप्यास्त्रको गति म्याच फिफ्टिनसम्मको रहेको दाबी गरेको छ । इरानी राष्ट्रपति इब्राहिम रइसीले नयाँ हतियारले यस क्षेत्रमा दिगो सुरक्षा सुनिश्चित गर्न मद्दत गर्ने बताए।

फारसीमा फताहको अर्थ विजेता हुन्छ । यो मिसाइलको नाम फताह दिइएको छ । यसको घोषणा मंगलबार राजधानी तेहरानमा आयोजित एक कार्यक्रममा बीच शीर्ष अधिकारीहरूको उपस्थितिमा गरिएको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार इरानी सेनाका लागि नयाँ पुस्ताको हतियारमा यो प्रक्षेपण पहिलो घोषणा हुने छन् ।

“आज हामी महसुस गर्छौं कि निवारक शक्ति गठन भएको छ । यो शक्ति क्षेत्रीय देशका लागि दिगो सुरक्षा र शान्तिको लागि भएको हो,’ राष्ट्रपति राईसीले सो समारोहमा भने ।
यसको मार हान्ने क्षमता करिब १४०० मिटर ८७० माइल रहेको बताए ।

सोही अवसरमा इरानले साउदी अरबमा राजदूतावास फेरि खोलिरहँदा साउदीको भ्रमणमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन पनि रहेका थिए ।

अमेरिका, रुस र चीन लगायतका देशमा मात्र हाइपरसोनिक हतियार रहेको बेला इरानले यो घोषणा गरेको हो ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट