Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

जेलेन्स्कीले दोस्रो विश्वयुद्धमा हिटलर नाजी पराजयको परम्पगत उत्सवलाई युक्रेनमा खारेज गरे


काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले परम्परागतरूपमा हिटलर नेतृत्वको नाजी सत्ताको पराजयको उत्सव मनाउने दिनलाई खारेज गरेका छन् ।

युक्रेनको सरकारले मे महिनाको ९ तारिखलाई नाजीवाद विरुद्धको विजय दिवास मनाउँदै आएको थियो । सोभियतसंघ पतन पछिका अधिकांश देशहरूमा यो दिवस मनाउँदै गरिएको थियो ।

सोमबार राष्ट्रपति जेलेन्स्कीले कानूनको रूपमा एउटा विधेयकमा हस्ताक्षर गरी यसलाई खारेज गरेका हुन् ।

सन् १९३९–१९४५सम्म दोस्रो विश्वयुद्धमा पराजित नाजीवादको सम्झना र विजय दिवस मनाउने चलन थियो ।

जेलेन्स्कीले यो कानुनमा संशोधन गरी मे ९मा दिइएको बिदालाई मे ८मा सारेका छन् ।

यसअघि जेलेन्स्कीले पनि मे ९ लाई “युरोप दिवस“ बनाउने आदेशमा हस्ताक्षर गरेका थिए ।

सार्वजनिक बिदा नभए पनि युक्रेनमा यसअघि मे महिनाको तेस्रो शनिबार युरोप दिवस मनाइने गरिएको थियो।

जेलेन्स्की आफैंले मे ८ मा युक्रेनी संसदमा विधेयक पेश गरेका थिए र यसलाई जरुरी भनी चिन्ह लगाइएको थियो। त्यसपछि सांसदहरूले सोही महिना पछि पारित गरे।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट