Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

ग्रिसमा डुङ्गा पल्टिँदा ८३ जनाको ज्यान गयो : १ सय ४ जनाको उद्धार


ग्रिसको तटीय क्षेत्रमा सयौँ आप्रवासी बोकेको डुङ्गा पल्टिँदा कम्तीमा ८३ जनाको ज्यान गएको छ । हिजो भएको दुर्घटना लगत्तै ग्रिस कोस्ट गार्डले उद्धार अभियान चलाएर एक सय ४ जना आप्रवासीलाई उद्धार गरेको छ ।

उद्धार गरिएकालाई कालामाता सहर लगिएको छ । उद्धार गरिएका सबै १६ देखि ४१ वर्षका रहेका कालामाटाका मेयरलाई उद्धृत गरी समाचार संस्था एपीएफले जनाएको छ । तर दुर्घटना हुँदा डुङ्गामा कति जना थिए अहिलेसम्म खुल्न सकेको छैन ।

जीवितै उद्धार गरिएकाले दिएको विवरण अनुसार डुङ्गामा झण्डै ७ सय ५० जना थिए । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन ९आईओएम० ले ठूलो सङ्ख्यामा मानिसहरु हराइरहेको जनाएको छ । आज पनि उद्धारको काम भैरहेको छ ।

डुङ्गामा रहेका कसैले पनि लाइफ ज्याकेट नलगाएको र आफ्नो राष्ट्रियता तत्काल नखुलाएको खबरमा उल्लेख छ । ती आप्रवासीहरू लिबियाबाट इटालीतर्फ गएका थिए । अस्ति नाइजेरियामा डुङ्गा पल्टिँदा एक सय जनाभन्दा धेरैको ज्यान गएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट