सावधान ! हेडफोनको प्रयोग लामो समयसम्म गरिए खोपडी खाल्डो पर्ने

काठमाडौं । हेडफोनको प्रयोग लामो समयसम्म गरिए खोपडीमा खाल्डो पर्ने भएको पाइएको छ ।
एक गेमरले परोपकारको लागि आफ्नो टाउको खौराएपछि हेडफोन बसेको खोपडीको ठाउँमा खाल्डो परेको फेला परेपछि छक्क भएको बताएका छन् ।
स्ट्रिमर कर्टोसको टाउकोमा हेडब्यान्ड आकारको खाल्डो बनेको पाइएको छ ।
यसपछि धेरै अन्य गेमरहरूले खोपडीमा खाल्डो भन्न थालेको समाचार डेली मेलले बनाएको छ ।
यसरी खाल्डो पर्ने एक गेमरले १४ घन्टासम्म हेडफोन लगाएको पाइएको थियो ।
यसरी खोपडीमा हुने खाल्डो विज्ञहरूले आगामी २० वर्षमा खोपडीलगायत आँखाको रगत र छालाको रगतको रंगमा परिवर्तन आउने बताएका छन् ।
खोपडीमा त्यसै खाल्डो वा डेन्ट बन्दैन् । चोट लागेको भए वा टयुमर भए खाल्डो हुने गरेको छ ।
मानिसहरूले आफ्नो चश्मा हटाएपछि अनुहारमा छोडिएका निशानहरू जस्तै खोपडीमा देखिन्छ।
कर्टोसको भिडियोले हजारौं टिप्पणीहरूको साथ ट्विटरमा ४ करोड २० लाख भ्यू भएको देखिएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, विज्ञान
प्रतिक्रिया