Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

ग्रिसमा डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु, सयौं बालबालिका र महिला अझै बेपत्ता


काठमाडौं । ग्रिसमा प्रवासीहरु सवार डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको छ । डुंगामा सवार ७५० जनाहरुमध्ये ७८ जनाको शव फेला परेको हो । अन्य व्यक्तिहरु वेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ ।

धेरै व्यक्ति वेपत्ता भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बीबीसीले जनाएको छ ।

उक्त डुंगाको तल्लो तलामा करिब एक सय जना बालबालिका र महिलाहरु पनि थिए । दुर्घटनाबाट बाँचेकाहरुले बालबालिकाको संख्याबारे जानकारी दिएको बीबीसीले जनाएको छ । ती महिला र बालबालिकाहरुको अवस्था अज्ञात छ । दुर्घटना बाँचेकाहरुमा धेरैजसो पुरुषहरु छन् । त्यसैले महिला र बालबालिकाहरुको हताहती भएको हुनसक्ने आशंका अधिकारीहरुले गरेका छन् ।

क्षमताभन्दा धेरै मानिस भएकाले डुंगा दुर्घटना भएको अनुमान छ । ग्रिसको सरकारी टेलिभिजन ईआरटीका अनुसार डुंगा दुर्घटनापछि कोस्टगार्डका १२ जनालाई हिरासतमा लिइएको छ । ग्रिस कोस्टगार्डले प्रवासीहरुले खचाखच भरिएको डुंगा देखेको तर रोक्ने कोसिस नगरेको आरोप छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट