Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अराजक तत्वहरुलाई कारवाही किन नगरेको ?


सर्वहारा वर्गको पहुँच र पक्षमा मिडिया त के सामाजिक सञ्जालसमेत एक प्रतिशत पनि छैन । भ्रमको खेती गरेर साम्राज्यवादको सन्तान दलाल पुँजीवाद अस्तित्वमा छ । सत्ताको पुनरप्राप्तिमा रहेको पूर्वराजा र उसका पक्षले स्थिति बिथोलेर अराजकतामा लाने र जनताका संघर्षबाट प्राप्त उपलब्धिहरु खोस्ने दुस्प्रयासमा मिडिया, सामाजिक सञ्जाल, अदालत, प्रशासन र सैनिक प्रयोग गर्ने दुस्प्रयास गरिराखेको छ ।

गैरजिम्मेवार र पुनरुत्थानवादीलाई सडकमा छाडा छोडेर शान्तिप्रक्रिया अगाडि बढाइयो । उनीहरुले पुरै तागत लगाएर र मिडिया तथा सामाजिक सञ्जाल प्रयोग गरेर जनयुद्ध जनता बिरुद्ध थियो भनेर झुठ कुरालाई हजारौं पटक जनताको कानमा गुञ्जाए । माओवादीले १७ हजार मानिस मारे भनेर सत्य देख्ने सबै ढोकाहरु बन्द गरेर जनतालाई भ्रममा राखे । शान्ति सम्झौतामा भएको प्रावधानबिरुद्ध माओवादी र शान्तिप्रक्रियाका पक्षधरहरुले बोल्नै नपाउने उक्त विषयलाई जनबिरोधि र हत्यारा दरवारिया पक्षले शान्ति प्रक्रियालाई प्रभावित पार्नेगरी सामाजिक अपराध गरिरहे । सत्ताच्युत निरंकुश सामन्ती तत्वले भाडाका मानिसबाट सैनिक, प्रशासनिक, अदालतहरुलाई उछालिरहे र सामाजिक अमनचयनलाई खल्वल्याई राखे । उनीहरुले गरेका यी कुरा सत्य हैनन्, बधनियतका हुन् भन्न वाध्य पार्दा आफ्नो तर्फका भाग लिन्छौं भन्दा प्रतिक्रियावादी अदालत नै प्रयोग गर्ने दुस्साहस गरेका छन् ।

सामन्ती, प्रतिगामी अराजक तत्वहरुलाई थप छाडा छोड्नुहुन्न । अश्लील र बर्जित शब्दहरु र शान्तिप्रक्रिया बिरोधि झुट्टा कुराहरु प्रयोग गर्दै अराजकता सिर्जना गर्दै सामाजिक सञ्जालमा आउने सांसद ज्ञानवहादुर र सत्ता प्रयोगका अनेकौं प्रयास गर्ने मेडिकल माफिया दुर्गा प्रसाईँहरुलाई सरकारले नियन्तरणमा लिएर कारवाही किन नगरेको ? के यिनीहरु समाज बिथल्ने अपराध कार्य गरिरहेका छैनन् ?

उता गगन थापाहरु जो युद्धका संलग्न पक्षका हुन् र शान्ति सम्झौतामा हस्ताक्षर गर्नेहरु हुन्, उनीहरु पनि शान्ति सम्झौता र संविधान विरोधि हर्कत गर्दैछन् । उनीहरु जनयुद्धलाई तीन दिन, तीन महिना भित्र नियन्त्रणमा लिन्छौं भन्दै गैरकानुनी हत्याकाण्डहरु घटाउँदै आएका पक्षका मानिस हुन् । कुख्यात कालो कानुन बनाएर र शाही सैनिकलाई संविधान र कानुन विपरित अधिकार दुरुपयोग गर्न दिएर हजारौँ नरसंहार र वेपत्ता पार्ने पक्षको मानिसले शान्तिसम्झौतामा हस्ताक्षर गरिसकेपछि फलाना र तिलानालाई यो वा उसले मारेको भन्दै हिंड्ने अधिकार कहाँबाट पाए ? गम्भीर प्रकारको मानवअधिकार दुरुपयोग गरेको अपराधमा उम्किने बाटो छ तिम्रा ? अरुलाई दोष थोपरेर उम्किने दुस्साहस गर्छौ ? टाउकामाथि झुण्डिएको तरवारको डरले अहिल्यैदेखि बर्बराएर सुख पाउनेछौ र श्र केपी ओलीहरु पनि शान्तिसम्झौता बाहिर गएर बोल्ने दुस्कार्य कतिञ्जेल गर्छौ ? तिमीहरुकै नेतृत्वमा प्रतिकार समिति बनाएर सामूहिक हत्या गरेको प्रमाण छैन र ?

वेला आउँदैछ । माओवादीले हरेक पटक जेनेभा सन्धिको पालना गरेको बताइरहेकै छ ।


क्याटेगोरी : जनमञ्च, बिचार, राजनीति
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट