Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

भारतको स्वतन्त्र विदेश नीतिमा थप बिचलन आएको हो ?


भारतको राजधानी नयाँ दिल्लीमा केही समय पहिला आयोजित जी–२० र क्वाड बैठकहरुबाट भारतको स्वतन्त्र परराष्ट्र नीतिमा थप बिचलन आएको संकेत मिलिरहेको स्वयम् भारतीय पर्यवेक्षक र विश्लेषकहरु औंल्याएका छन् । दिल्लीमा सम्पन्न ती दुई बैठकहरुबाट भारतीय कूटनीतिक परिबृत्तमा के निश्र्ष निकालिदै र प्रश्न खडा गरिँदैछ भने भारतीय विदेशमन्त्री एस. जयशंकरले अमेरिका र पश्चिमा देशका दबावका सामु कतै घुँडा टेकेका त होइनन् ? के पनि सन्देह गरिँदैछ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री जयशंकरको विदेश नीतिमा यो भटकाउ तत्कालीन किसिमको हो कि दूरगामी यो आउँदा दिनहरुमा प्रष्ट हुँदै जाला ।

अर्को के पनि प्रश्न खडा गरिँदै छ भने विदेश नीतिमा यो परिवर्तन जयशंकरले आफ्नो स्तरमा मात्र गर्न पुगेका हुन् कि त्यसका पछाडि स्वयम् प्रधानमन्त्री मोदीको पनि निर्देशन छ यस कुरामा अहिले नै कुनै निचोडमा पुग्न कठिन छ । तर अहिले नै पनि के कुरा प्रष्ट भएको छ भने रुस भारतको विदेश नीतिमा आएको यो बिचलनबाट खुशी छैन । रुसका विदेशमन्त्री शर्गेइ लाभारोभले रुसी डायलग मञ्चबाट आफ्नो अप्रसन्नता प्रकट पनि गरिसकेका छन् । रुसमा धेरैजसो समीक्षकहरु यतिबेला भारतमाथि कृतघ्नताको आरोप पनि लगाउन थालेका छन् । अनि असंलग्न विदेशी नीतिको वकालत गर्नेहरुले भरोसा गरिने राखिनु पर्ने कुरा उठाइरहेका छन् ।

भारतका विदेश मन्त्री जयंशकरले उल्लिखित बैठकको अवसरमा एक पछि अर्को गल्ती गरेको भारतीय समीक्षकहरुकै आरोप लागेको छ । पहिलो गल्ती त जी–२० को विदेश मन्त्रीहरुको बैठकका अवसरमा ‘क्वाड’ (क्वाड्रिलेटरल सेक्युरिटी डायलग) को बैठक आयोजना किन गर्नु परेको थियो ? समीक्षकहरुले भनेका छन् – ‘एक परिपक्क राजनयिकका रुपमा जयशंकरलाई यस कुराको भान पनि हुनु पर्ने हो कि अमेरिका र पश्चिमा देशहरु जी–२० को बैठकलाई छायामा पार्न चाहन्छन् । साथै क्वाडको माध्यमले यतिबेला पश्चिमा देशहरु चीनलाई भन्दा पनि रुसलाई बढी कठघरमा खडा गर्ने ध्याउन्नमा देखिन्छन्’ ।

भन्नका लागि त जयशंकर र अरु देशका विदेशमन्त्रीहरुले के स्पष्ट पनि भनेका छन् भने यो क्वाड कुनै सैन्य गठबन्धन होइन । तर अमेरिका, अष्ट्रेलिया र जापान क्वाडलाई अघोषितरुपमा सैन्य गठबन्धन बनाउने उदेश्य राख्दछन् भन्ने कुरा पनि प्रकाशमा आइसकेको हो । अनि जयशंकरको पाँचौ गल्ती भारतीय समीक्षकहरु के उल्लेख गरिरहेका छन् भने उनी यस कुराका लागि किन तयार भए कि क्वाडको सामुद्रिक सुरक्षा सम्वन्धि कार्यदलको बैठक वाशिङ्गटनमा चाँडै आयोजना गरिने छ । उनले यो सामुद्रिक सुरक्षाको तात्पर्य के हो त्यो पनि स्पष्ट पारेका छैनन् ।

ती भारतीय समीक्षकहरु जयशंकरको दोश्रो गल्ती क्वाड बैठक पछि जारी संयुक्त बक्तब्यमा यूक्रेनको उल्लेख गर्नुलाई मान्दछन् । बास्तवमा ‘क्वाड’ चीन–प्रशान्त क्षेत्रमा शान्ति र स्थायित्वको नाममा खडा गरिएको हो । त्यसको बैठकमा युक्रेन द्वन्द्वको जिक्री गर्नुको कुनै औचित्य थिएन भन्ने उनीहरुको निश्कर्ष निस्किएको छ । यसका अतिरिक्त भारतीय विदेशमन्त्रीको तेश्रो गल्ती के पनि औंल्याइएको छ भने संयुक्त वक्तव्यमा युक्रेन द्वन्द्वको सिलशिलामा रुसको कथित परमाणु धम्कीको बारेमा संकेत गरिनु थियो । हुन पनि भारतले अहिलेसम्म कुनै यस्ता अन्तर्राष्ट्रिय मञ्चहरुमा रुसको कथित परमाणु धम्कीको उल्लेख गरेको पाइँदैन । अहिले यस बारेमा यस्तो किन गरियो भन्ने जवाफ जयशंकरले दिनु पर्दछ भन्ने कुरा पनि भारतमा उठिरहेको छ ।

चौथो, जयशंकरको गल्ती के औंल्याएको छ भने साइड लाईन वार्तामा अमेरिकाका विदेशमन्त्री एण्टनी ब्लिंकेन तथा जापान र अष्ट्रेलियाका बिदेशमन्त्रीहरुलाई पनि एकसाथ साझा मञ्च उपलब्ध गराउनु थियो । अनि त्यसमा क्वाड दस्ताको भूमिकालाई चर्चाको बिषय बनाइएको थियो । भारतीय विदेशमन्त्रीले यस कुराको जवाफ दिनुपर्ने बताइँदैछ कि त्यो विचार बिमर्शको मञ्च ‘क्वाड’ एकाएक दस्ता कसरी बन्न पुग्यो । अनि रुस र चीनमा यो आशंका बलवती हुन सक्तछ कि यो क्वाड दस्ता अगाडि गएर एउटा गिरोह पनि बन्न सक्छ भन्ने समीक्षकहरुको तर्क छ ।

भन्नका लागि त जयशंकर र अरु देशका विदेशमन्त्रीहरुले के स्पष्ट पनि भनेका छन् भने यो क्वाड कुनै सैन्य गठबन्धन होइन । तर अमेरिका, अष्ट्रेलिया र जापान क्वाडलाई अघोषितरुपमा सैन्य गठबन्धन बनाउने उदेश्य राख्दछन् भन्ने कुरा पनि प्रकाशमा आइसकेको हो । अनि जयशंकरको पाँचौ गल्ती भारतीय समीक्षकहरु के उल्लेख गरिरहेका छन् भने उनी यस कुराका लागि किन तयार भए कि क्वाडको सामुद्रिक सुरक्षा सम्वन्धि कार्यदलको बैठक वाशिङ्गटनमा चाँडै आयोजना गरिने छ । उनले यो सामुद्रिक सुरक्षाको तात्पर्य के हो त्यो पनि स्पष्ट पारेका छैनन् ।

त्यो साईड लाईन वार्ताको आयोजना एउटा पश्चिमापरस्त ‘थिंक ट्यांक’ अब्जरभर रिसर्च पाउण्डेशन (ओआरएफ)ले गरेको थियो । अर्को अनौठो कुरा के पनि यसमा छ भने यसको सह–आयोजक स्वयम् भारतीय विदेश मन्त्रालय पनि थियो । त्यसमा अमेरिका र पश्चिमा देशहरुको सहभागीहरुको बोलवाला रहेको थियो । त्यसैमा रुसका विदेश मन्त्री शेर्गेई लाभारोभलाई पनि आफ्नो पक्ष राख्ने अवसर मिल्यो । तर मञ्च सञ्चालनको अल्पज्ञान र कूटनीतिक अमझदारीको अभावमा त्यो मञ्च वाकयुद्धमा परिणत भएको कुरा पनि प्रकाशमा आएको छ । रुसी विदेश मन्त्री लाभारोभले आयोजकसँग गुनासो गरे र उनी मास्को फिर्ता भए पछि राष्ट्रपति पुटीनसँग भारतमा आफ्नो कटु अनुभवको त्यो जानकारी अवश्य दिनेनै छन् या दिइसके पनि होला भन्ने अडकल गर्न थालिएको छ ।

वास्तबमा यतिबेला रुसले भारतलाई सहुलियत मूल्यमा कच्चा तेलको आपूर्ति गरेर अर्बौ खर्बौं रुपैयाँको मद्दत गरिरहेको छ । युक्रेन संघर्ष हुँदा हुँदै पनि रुसले भारतलाई एस–४०० मिसाईल कवजको धेरै खेप सुम्पिएको छ । भारतीय समीक्षकहरु भनिरहेका छन्– परिस्थितिले औँल्याइरहेको छ कि भारत यो क्वाडको दलदलमा नफँसोस् । पश्चिमा देशहरुले चीनकाबिरुद्ध भारतलाई फ्रण्ट लाईन बनाउने मनसुवा बनाइरहेको पनि औंल्याइन्छ र एशियाको युक्रेन बन्नु भारतको हितमा छैन भन्ने कुरा पनि प्रष्ट पारिँदैछ । रुसले पनि कम्तिमा यति कुराको त आशा गरेकै होला कि भारतले आफ्नो स्वतन्त्र विदेश नीति र राजनैतिक स्वायत्तता कायम राखोस् । भारत यसरी नै फँस्दै जाने हो कि त्यसबाट निस्किएर फिर्ता हुने हो आगामी दिनले देखाउने नै छ । भारत कतातिर ढल्किने हो त्यसले सिंगो एशिया र विश्व राजनीतिलाई पनि प्रभाव पार्ने देखिन्छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, जनमञ्च, बिचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट