Techie IT
  • १६ जेठ २०८१, बुधबार
Jhilko

सही नीति र नेतृत्व पाए युवा पिढीले देश बनाउन सक्छ


विश्वमा कहीँ पनि जब कुनै मोडमा मानब सभ्यतालाई आफ्नो अस्तित्वको लागि नयाँ दिशा दिन पर्ने आवश्यकता पर्दछ त्यतिबेला त्यो समाज बिशेषलाई नयाँ दिशातिर नेतृत्व प्रदान गर्ने काम बिकसित दृष्टिकोण र प्रबिधिकासाथ युवा पिढीले गर्ने गरेको इतिहास रहेको पाइन्छ । वास्तवमा कुनै पनि समाजमा बृहत्तर र सुक्ष्मतम् दुबै अग्रगामी परिवर्तनको बिडा उठाउँने र जोखिम मोल्ने काम युवा पिढीले नै गर्ने गर्दै आएको हामी देख्दछौ । हुन पनि युवा मानिसमा बिशेषगरी दुई किसिमका महत्वपूर्ण गुणहरु रहेका हुन्छन् । पहिलो हो – युवामा यत्तिका उर्जा हुन्छ कि उसले कुनै नयाँ कुरा गरेर देखाउने उत्साह र उत्सुकता बढी नै राख्दछ । दोश्रो कुरा, कुनै मानिस युवा पिढीमा प्रवेश गर्दैै गर्दा, अपवादलाई छोडेर, सामान्यतः जीवनमा त्यत्तिका धेरै हण्डर ठक्कर उसले खाएको हुँदैन र त्यत्तिका बढी निराश बनेको पनि हुँदैन कि कुनै नयाँ काम गर्ने जाँगरै मरेको होस् र कुनै काम गर्ने प्रयास गर्नै छोडिदेओस् ।

यस मनस्थितिको स्पष्ट अर्थ के हो भने युवा पिढी या युवामा मुलतः सकारात्मक सोच र ऊर्जाको आधिक्यता हुन्छ । यी नै दुइटा गुणले बिशेषतः युवाालाई परिवर्तनको सम्वाहक बनाउँदछ । अनि यी नै बिशेषताका कारणले विश्व समाजमा जहाँकही पनि कुनै क्रान्ति या आमूल सामाजिक परिवर्तनको आवश्यकता देखियो या खडा भयो भने त्यति बेला समाजमा नव युवाहरुले नै अग्रिम मोर्चामा डटेर परिवर्तनको बाटो र मञ्जिल तय गरेको र सम्हालेको इतहास हामी पाउछौँ । चाहे त्यो राजनीतिक मोर्चा होस्, आर्थिक मोर्चा होस्, सामाजिक या साँस्कृतिक मोर्चा नै किन नहोस् ।

आज विश्वका कुनै पनि देशले यतिबेला बितेको समयलाई पछाडि छोडेर नवीन ऊर्जाकासाथ आफ्नो वर्तमानमा जीवन्त रहेको देखिन्छ भने त्यसको श्रेय अवश्य पनि त्यो देश बिशेष या समाज विशेषको युवा पिढीलाई नै जान्छ र दिइनु पनि पर्दछ । युवा पिढीको उत्साहप्रद स्फूर्ति, कार्य गर्ने सौर्य र सदीच्छालाई यदि सहि दिशा निर्देश र अवसर मिल्दछ भने त्यतिबेला परिवर्तन र अग्रगमनको लागि यो पिढीले धेरै अभुतपूर्व कार्य सम्पादन गरेर समाजको नेतृत्व गर्दछ, गरेको जीवन्त र सुन्दर इतिहास छ । तर यो ऊर्जाशील युवा पिढीलाई गलत दिशामा धकेलियो भने यो पिढी ठूलो बिनाशकारी परिणाम ल्याउन पनि प्रयुक्त हुने गरेको इतिहास पनि छ र त्यसले देश अधोगितको अँध्यारोमा फँसेको कुरा पनि इतिहासको अध्ययन अबलोकनबाट प्रष्ट हुन्छ ।

वास्तवमा हामीले युवा शक्तिलाई देश र जनताप्रति सत्यनिष्ठाकासाथ समर्पित भएर सुझबुझतापूर्वक लाग्ने बातावरण बनाएनौँ । बरु उत्ताउलो, हाहाहुहु गरेर सत्ता वा त्यसको वरिपरी घुम्ने खालको बनाउने काम गर्यौँ र गरिरहेका छौं । यस क्रममा युवा पिढीको एउटा तप्कालाई रातारात कमाउने भ्रष्ट प्रबृत्तिको बनाउन हामीले बाँकी राखेनौं । त्यसको दुष्परिणाम आज हामी राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक हरेक क्षेत्रमा देखिरहेका छौं र सुन्दर भविष्य निर्माण गर्ने दीगो आधार तयार गर्ने भन्दा पनि ‘जो हात सो साथ’को बाटो लाग्न प्रेरित गरिरहेका छौँ । युवाहरुलाई सचेत किसिमले धैर्यवान, सौर्यवाान र सच्चरित्रवाान बनाउनेतिर हामी लागेनौँ र लाग्ने कुनै सकेत पनि देखाइरहेका छैनौं ।

हामीले हाम्रै देशको आधुनिक इतिहासलाई मात्र पनि सरसर्ती हेर्यौँ र केलायौँ भने बिगतदेखि अहिलेसम्म बिशेषतः यही युवा पिढीले नेपालको अस्तित्व कायम राख्न र परिवर्तनको आन्दोलनलाई अघि बढाउन अत्यन्तै महत्वपूर्ण भूमिका खेलेको र योगदान दिएको पाउछाँै । मध्ययुगीन राणाशही तानाशाहीबिरुद्ध सामाजिक बिभेद र बिषमताको अन्त्य तथा सामाजिक मुक्ति र प्रगतिको निमित्त जुन सुन्दर सपना साँचेर हाम्रो युवा पिढी बिगतदेखि संघर्ष गर्दै आयो, त्याग, साहस, समर्पण र बलिदनको बाटो समात्यो, त्यो अबिष्मरणीय छ । चाहे हामी लखन थापाको कुरा गरौँ, योगमायाको कुरा गरौँ , प्रचण्डको गोर्खाको कुरा गरौँ , या नेपाल प्रजापरिषद्को कुरा गरौँ या नेपाली काग्रेस या नेपाल कम्युनिष्ट पार्टी स्थापना र संघर्षको कुरा गरौँ युवा समुदायका अग्रज सचेत ब्यक्ति र ब्यक्तित्वहरुको अबिस्मरणीय सत्यनिष्ठ, योगदान, त्याग र समर्पणको उज्वल परम्परा रहेको इतिहास हामी देख्छौंँ । युवा शक्तिले इतिहासलाई सहि बाटोमा डोर्याएको बेला नेपालमा परिवर्तनको सपना साँचो र जीवन्त बनेर खडा भएको छ भने युवा पिढीले बाटो बिराउँदा या गलत दिशामा धकेलिदा नेपाल पछि धकेलिएको र अल्मलिएको तथा अबिश्वासको अनुपयुक्त वातावरण सिर्जना भएको स्थिति पनि बिकिसित हुने गरेको देखिँदै आएको छ ।

त्यसैले, युवा पिढी र यसको युवा उर्जालाई सही बाटो देखाउनु अत्यावश्यक छ । अन्यथा समाजले सुनौलो भबिष्य गुमाउने र पछि पर्नेछ । यसर्थ, आज युवा जनसंख्याको मामिलामा हाम्रो देश लगायत जुन देशहरु अगाडि छन् तिनीहरुले यो उर्जाशील शक्तिलाई सही दिशा र गति दिन सकेनन् भने उनीहरुलाई पुनः यो सुन्दर भबिष्य निर्माणको अवसर मिल्ने छैन । हाम्रा अर्थ बिज्ञहरु हाम्रो युवा जनसख्यालाई हेरेर देशको बिकासको उत्तम मौका यही दशकको भनेर भनिरहेका छन् । तर हामीले हाम्रा युवाहरुलाई कसरी नेतृत्व गरिरहेका छौँ ? यो आजको अत्यन्तै महत्वपूर्ण यक्ष प्रश्न बनेर खडा भएको छ । यसको उत्तर कस्तो आउँछ मूलतः त्यसले नै हाम्रो भबिष्य सही गलत कुन दिशामा छ भन्ने कुरा निर्धारण गर्दछ ।
यसमा निश्चय नै कुनै दुई मत छैन कि नेपालको युवा शक्ति सकारात्मक सोच राख्ने परिवर्तनकामी शक्ति मात्रै होइन, मेहनती र इमानदार शक्ति पनि हो । अनबरत काममा लागिरहने जीवन्त कुरामा विश्वास गर्ने शक्ति पनि हो ।

सामाजिक कार्यमा पनि सक्रियतापूर्वक सहभागी हुने र हुँदै आएको शक्ति पनि हो । तर दुर्भाग्य, हामीले देशमा हुँदै आएका राजनीतिक परिवर्तन पछि युवा शक्तिलाई देशको बिभिन्न क्षेत्रमा सही नीति, योजना र कार्यक्रमका साथ प्रयुक्त गर्न सकेनौँ । बरु बिदेश पलायन हुन, गराउँन बिभिन्न किसिमले प्रोत्साहित गर्दै र प्रश्रय दिँदै आयौँ । फलस्वरुप आज हाम्रा युवाहरु अधिकांश खाडी, मलेशिया, कोरिया लगायत विश्वका बिभिन्न देशमा छरिएर रहेका छन् । उनीहरुको जीवनको एउटा महत्वपूर्ण उद्देश्य कामको खोजीमा अर्थात् रोजगारीका लागि बिदेश जानु नै रहेको हुन्छ । अनि हाम्रो राष्ट्रिय आमदानीको एउटा महत्वपूर्ण हिस्सा करीव २८ प्रतिशत बिदेशबाट प्राप्त बिप्रेषण हुन्छ र हामी त्यसमा ठूलो गर्ब पनि गर्छौँ । भलै त्यो बिप्रेषण पुनः अरु कुनै देशमा त्यो भन्दा बढी परिमाणमा प्रबाहित किन भइरहेको नहोस् ।

‘सत्य केही होइन, सत्ता सबै थोक हो’ भन्ने कुरा नै आजको हाम्रो सपना, बिपना र जपना बनेको छ । यो ‘दुई नम्बरी काम गरेर रातारात धनी बन्ने’ प्रबृत्तिकै राजनीतिक आयाम नै हो । पछिल्लो परिवर्तन पछि संविधान आएयता सम्पन्न तीन तहको चुनाव र दोश्रो चरणको स्थानीय प्रदेश र संघीयतहको चुनावको बेला पनि यो प्रबृत्तिले धेरै नै प्रभाव पार्यो । त्यसले चुनावमा धान्नै नसकिने सिमाहीन खर्च भएको मूल प्रबाहका सबै दलहरु र तिनका नेताहरुले भन्न बाँकी पनि राखेनन् । तर त्यस्तो पैसा कसरी कहाँबाट आयो र खर्च भयो भन्ने प्रश्न भने उठाएनन् । यस्तो प्रबृत्तिले आक्रान्त भएको शक्ति, संगठन, समूह कसैले पनि देश र जनताको साझा लक्ष, समुन्नति र समृद्धिको प्रतिनिधित्व गर्न सक्दैन । बरु यस्तो प्रबृत्तिले निहीत स्वार्थ भएको सानो समूहलाई नै क्रियाशील तुल्याउन सहयोग पुर्याउँछ । जुन सामाजिक अधपत्तनको बिल्कुलै गलत बाटो हो ।

वास्तवमा हामीले युवा शक्तिलाई देश र जनताप्रति सत्यनिष्ठाकासाथ समर्पित भएर सुझबुझतापूर्वक लाग्ने बातावरण बनाएनौँ । बरु उत्ताउलो, हाहाहुहु गरेर सत्ता वा त्यसको वरिपरी घुम्ने खालको बनाउने काम गर्यौँ र गरिरहेका छौं । यस क्रममा युवा पिढीको एउटा तप्कालाई रातारात कमाउने भ्रष्ट प्रबृत्तिको बनाउन हामीले बाँकी राखेनौं । त्यसको दुष्परिणाम आज हामी राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक हरेक क्षेत्रमा देखिरहेका छौं र सुन्दर भविष्य निर्माण गर्ने दीगो आधार तयार गर्ने भन्दा पनि ‘जो हात सो साथ’को बाटो लाग्न प्रेरित गरिरहेका छौँ । युवाहरुलाई सचेत किसिमले धैर्यवान, सौर्यवाान र सच्चरित्रवाान बनाउनेतिर हामी लागेनौँ र लाग्ने कुनै सकेत पनि देखाइरहेका छैनौं ।

‘सत्य केही होइन, सत्ता सबै थोक हो’ भन्ने कुरा नै आजको हाम्रो सपना, बिपना र जपना बनेको छ । यो ‘दुई नम्बरी काम गरेर रातारात धनी बन्ने’ प्रबृत्तिकै राजनीतिक आयाम नै हो । पछिल्लो परिवर्तन पछि संविधान आएयता सम्पन्न तीन तहको चुनाव र दोश्रो चरणको स्थानीय प्रदेश र संघीयतहको चुनावको बेला पनि यो प्रबृत्तिले धेरै नै प्रभाव पार्यो । त्यसले चुनावमा धान्नै नसकिने सिमाहीन खर्च भएको मूल प्रबाहका सबै दलहरु र तिनका नेताहरुले भन्न बाँकी पनि राखेनन् । तर त्यस्तो पैसा कसरी कहाँबाट आयो र खर्च भयो भन्ने प्रश्न भने उठाएनन् । यस्तो प्रबृत्तिले आक्रान्त भएको शक्ति, संगठन, समूह कसैले पनि देश र जनताको साझा लक्ष, समुन्नति र समृद्धिको प्रतिनिधित्व गर्न सक्दैन । बरु यस्तो प्रबृत्तिले निहीत स्वार्थ भएको सानो समूहलाई नै क्रियाशील तुल्याउन सहयोग पुर्याउँछ । जुन सामाजिक अधपत्तनको बिल्कुलै गलत बाटो हो ।

निश्चय नैं बिज्ञान र प्रबिधिको द्रूत विकासको हिसाबले भन्ने हो भने अहिलेको युग ‘इण्टरनेट पिढी’को युग हो । ई–ज्ञान, ई–काम र ई–आर्जनको आजको यो एक्काइसौँ सताब्दीको तेश्रो दशक आरम्भ भइसकेको युगमा हामीले युवा समुदायलाई कस्तो बनाउनु र प्रस्तुत गर्नु पर्दछ यस दिशामा गम्भीर भएर सोचेनौँ र सिकेनौं भने नेपाल र नेपाली जन समुदायले बिग्रह र बिनासको ठूलो बोझ बोकेर दशकाँै बरालिनु पर्ने स्थितिबाट मुक्त हुन सक्ने छैन । यो आजको ज्वलन्त र तीतो सत्य हो । यद्यपि वर्षौंंदेखि नेपाली समाजमा भए रहेका अर्थ–राजनीतिक तथा साँस्कृतिक–सामाजिक बिकृति र बिसंगतिहरुलाई रातारात ‘छु मन्तर’ गरेर हटाउन सकिन छैन नै । तर जागरुप, अनुशासित, संगठित र संघर्षशील युवाहरुले त्यस्ता बिसंगतिहरुको अन्त्य गर्ने बिडो उठाउनु पर्ने आवश्यकता छ । निश्चय नै इण्टरनेटको जमानको युवा पिढी हरेक काम ‘कम्प्यूटर’ले जस्तै बैज्ञानिक ढंगले छिटो, छरितो र किफायती किसिमले गर्न चाहन्छ । यसो गर्नु, गराउनु आजको युगीन आवश्यकता, दायित्व र सही पनि हो ।

तर जबसम्म आजको ‘इण्टरनेट’ र ‘कम्प्यूट’लाई देशको कृषि, उद्योग, बिद्युतीकरण र पर्यावरणसँग अर्थात, आमजनताका ज्वलन्त साझा सरोकारसँग गाँसेर त्यसलाई बहुसख्यक जनताको हितमा लैजान बैज्ञानिक, सामयिक र परिणामदायी ढगले प्रयुक्त गरिँदैन तबसम्म समाजमा ब्याप्त बिभेद, बिषमता, बिभाजकारी प्रबृत्तिको अन्त्य गर्न सकिने छैन । अपवादलाई उदाहरण बनाएर सन्तोष मान्न सकिएला तर त्यो समाधानको मुुलबाटो होइन । मुलबाटो त युवाहरुलाई जगाउँने, उठाउँने र सही बाटो लगाउँने नै हो । बिज्ञान र प्रबिधिलाई युवापिढीसँग र युवापिढीलाई कृषि, उद्योग, बिद्युतीकरण, पर्यावरण तथा सामाजिक उत्तरदायित्व सहितको शिक्षा र स्वास्थ्यसँग नयाँ उच्चाईकासाथ अघि बढाउन पुराना सन्दर्भहीन उत्पादन सम्वन्ध र उत्पादन पद्धतिबाट मुक्त हुनै पर्दछ । अन्यथा इण्टरनेट ज्ञानले पनि समस्याको समाधान दिन सकदैन र एउटा बिलाश र सोखको बस्तु मात्र भएर सीमित हुन पुग्दछ । अहिलेसम्मको चिन्तन, चरित्र र व्यवहारले दर्शाएको अनुभवको महत्वपूर्णं निचोड यही नै हो ।

 


क्याटेगोरी : जनमञ्च, बिचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट