Techie IT
  • ८ जेठ २०८१, मंगलबार
Jhilko

‘प्रचण्ड’की नातिनी स्मिता दाहालको नयाँ गीत ‘आँखामा गाजल’ बजारमा


काठमाडौं, १३ जेठ । गायिका स्मिता दाहालले नयाँ गीत ल्याएकी छिन् । करिब एक वर्षको अन्तरालमा उनले नयाँ गीत ‘आँखामा गाजल’ ल्याएकी हुन् ।उनको पछिल्लो गीत ‘हो हो नि माया हो’ चर्चित भएको थियो । स्मिता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् ।

रोमान्टिक शैलीमा गाइएको ‘आँखामा गाजल’मा राजनराज शिवाकोटीको शब्द र सङ्गीत छ । देवेश राईको एरेञ्ज रहेको गीतको भिडियोमा स्मिता स्वयम्ले मोडलिङ गरेकी छिन् ।

गीतको भिडियोमा स्मिता र कुन्सांग बम्जनको ‘लभ क्यामेस्ट्री’ देख्न सकिन्छ । सुदीप बरालको छायाङ्कन र भूपेन्द्र अधिकारीको सम्पादन रहेको भिडियोलाई गम्भीर विष्टले कोरियोग्राफी गरेका हुन् । गीत भिडियो निर्देशन सरोज ओलीले गरेका हुन् । एक वर्षको अन्तरालपछि सार्वजनिक यो गीतबाट स्मिता आशावादी छिन् ।

“अध्ययनमा व्यस्त भएका कारण नयाँ गीत ल्याउन सकेकी थिइनँ”, स्मिताले भनिन् “एक वर्षको सर्ट ब्रेकपछि नयाँ गीत ल्याएकी छु । रोमान्टिक फ्लेबरमा गाएकी छु । दर्शकले सधैँझैँ माया गर्नुहुन्छ भन्ने आशा छ ।” उनका ‘मायालु तिमी कता छौँ’, ‘पानी कुवाको’, ‘मालिङ्गो’ गीत चर्चित गीतमा पर्छन् ।


क्याटेगोरी : जनमञ्च, मनोरञ्जन

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट