Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पत्रकार महासंघको सदस्यता नवीकरण र केही गनथन


काठमाडौं, २५ जेठ । नेपाल पत्रकार महासंघले आज अर्थात, जेठ २५ गतेसम्म सदस्यता नवीकरण गर्नुपर्ने भन्ने उर्दी जारी गरेपछि देशभरका पत्रकारहरु तोकिएको शुल्क तिरेर आफ्नो सदस्यता नवीकरणमा जुटेका छन् । महासंघलाई पेशागत सुद्धता बनाउनका लागि गैरपत्रकाहरुलाई बिदा गर्ने निर्णय गरेबमोजिम बिभिन्न पेशामा आवद्ध देशभरका धेरै शाखाहरुबाट स्वस्फूर्त रुपमा पत्रकारहरुले राजीनामासमेत दिएका सूचनाहरु आउन थालेका छन् ।

यसै सन्दर्भमा तोकिएको शुल्क (महंगो) तिरेर सदस्यता नवीकरण गरेका पत्रकार महासंघ काठमाडौं शाखाका साधारण सदस्य मणिरान बास्तोला (मोहन)ले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेका छन् । यस्तो छ उनको भनाई :

“२ हजार ३ सय ५० रुपैयाँ तिरेर पत्रकार महासंघको सदस्यता आज नविकरण गरेँ । शुद्धीकरण अभियानमा योग्य भएँ भने छनोटमा परिन्छ पनि होला ! तर, यो २ हजार ३ सय ५० रुपैयाँ तिरेर नविकरण गर्दै(गर्दा मेरो मानसपटलमा केही कुराहरु अजङ्गको पहाड बनेर उँभिए । हो, म लामो समयदेखि पत्रकारिता क्षेत्रसँग आवद्ध छु । तर, मेरो लागि यो रकम निकै धेरै । विशुद्ध पत्रकारिता मात्रै गर्छु भन्ने म जस्ताका लागि त यो धेरै हो नै । चार(पाँच महिनादेखि आफुले काम गरेको सञ्चारगृहबाट तलब नपाएर निरास भनेका हजारौं पत्रकारका लागि त यो मुखमा ल्याएर जवरजस्ती कुभिण्डो खाँदे भन्दा पनि कठिन हो । म पत्रकारिता क्षेत्रमा छु भनेपछि मेरा लागि सबैभन्दा भरपर्दो आधिकारिक संस्था भनेको पत्रकार महासंघ हो । यसको सदस्य बन्न मलाई बहुत उत्साह हुनुपर्ने हो । तर, मलाई यो नविकरण उत्साह निकै कम र बाध्यता बढी जस्तो लागेको छ । व्यापारी, ठकेदार, महासंघको कार्ड देखाएर पत्रकारिता बाहेक अरु सबै गर्नेका लागि यो रकम निकै कम हो । हाम्रालागि निकै धेरै । अझ त्यति मात्रै होइन यो रकम तिरेपछि हामीले पत्रकार महासंघले हाम्रो हकहितमा काम गरोस् भनि राख्ने अपेक्षा बिल्कुल गलत होइन । तर, अहिलेसम्म महासंघको ध्यान त्यसतर्फ अलिकति पनि जान सकेको छैन । अझ सरल भाषामा भन्ने हो भने जन्मदेव जैसी एक्लैले गरेको जति काम पनि सबै महासंघले गर्न सकेको छैन । यो सबैभन्दा लाजमर्दो अवस्था हो । यति रकम तिरेपछि म आवद्ध संस्था मैले र हामी सबैले गर्व गर्ने होस भन्ने कामना गर्नु पनि गलत होइन । हामीले तिरेको पैसा नेतालाई जाँड खाएर फलफुलको बिल बन्ने, मोजमस्ती गरेको बिल सदृढिकरण कार्यक्रममा बन्ने अवस्था हुनु भनेको हामीलाई भाला हानेर चौँरीको पुच्छरले हम्किरहेका छौं भने जस्तै हो । यस्तो नहोस् भन्ने अपेक्षा गर्नु पनि गलत होइन । महासंघले श्रमजीवी पत्रकारका हक हितमा काम गरेको अवस्थामा महासंघको लेविका लागि भनेर दिनमा २ रुपैयाँ हाल्ने खुत्रुक्के नै राख्न पनि केही भएन । तर, यहि अवस्थामा पैसा तिरिरहनु भनेको बाँको किनेर खाएर मुख कोक्याउने बनाउनु जस्तै हो । भन्ने मलाई लाग्यो । यो मलाई मात्रै यस्तो लागेको हो, तपाईंहरुलाई लाग्नैपर्छ भन्ने केही छैन ।”

यसै सन्दर्भमा शाखा अध्यक्ष सूर्य सुवेदीले फेशबुकमार्फत जवाफ दिएका छन् । यस्तो छ उनको भनाई :

“सरको सुझाव मनन योग्य छ। शाखा र अध्यक्षको भुमिकामा मैले लिनुपर्ने सुझाव म ग्रहण गर्छु। सरको सबै सुझाव मनन योग्य छ। कोभिड महामारीले थलिएको समयमा अध्यक्ष भएको हुदा म यो मर्म अलिकति जानकारी राख्छु। बिधान अनुसार नवीकरण शुल्क १००० हो। जस्मा जिल्लाले पाउने २५०, प्रदेशको १२५ र केन्द्रमा १२५ जम्मा हुन्छ भने कल्याणकारी कोषमा ५०० जम्मा हुन्छ। शाखाले आफ्नो लेभी सहित लिने ३१०० हो तर शाखाको लेभी एक वर्षको २५० का दरले तीन बर्षको ७५० छुट दिएर २३५० भएको जानकारी गराउँदछु।”

 

 


क्याटेगोरी : जनमञ्च

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट