Techie IT
  • २० फागुन २०८०, आईतबार
Jhilko

यसरी फाँसी दिन्थे अंग्रेज शासकहरुले भारतमा क्रान्तिकारीहरुलाई


भारतले यतिबेला आफ्नो स्वतन्त्रताको ७५औं बर्षगाठलाई अमृत वर्षकारुपमा मनाइरहेको छ । जसमा देशको स्वाधीनताका लागि मर्ने मेट्ने स्वाधीनता सेनानीहरुको स्मरण गरिँदैछ । त्यो स्वतन्त्रता कसैले सौगातकारुपमा दिएको होइन । लाखौँ लाख भारतबासीहरुको उच्च बलिदानले प्राप्त भएको भन्ने कुराको सम्झना गरिँदैछ । भारतको त्यो स्वतन्त्रताको आन्दोलनमा अनेक बैचारिक पक्षहरुको सहभागिता थियो । त्यसमा अहिंसावादी मानिने भारतीय राष्ट्रिय काँग्रेसदेखि नेताजी सुभाषचन्द्र बोसको आजाद हिन्द फौजसम्मका माक्र्सवादबाट प्रभावित क्रान्तिकारीहरुसँग मिलेर आन्दोलन गरिरहेको थियो ।

गदर पार्टी र हिन्दुस्थान रिपब्लिकन एशोसिएशनसँग संलग्न क्रान्तिकारीहरुको बिश्वास सशस्त्र क्रान्तिमा थियो । उनीहरु सशस्त्र संघर्ष बिना अंग्रेजसँगको लडाइँमा बिजय मिल्न सक्दैन भन्ने मान्यता राख्थे र भन्थे कि बृटिस साम्राज्यवादीहरुसँग हात जोडेर गिडगिडाउनाले कतै देशले स्वतन्त्रता प्राप्त गर्न सक्दैन । त्यस्तै एकजना सशक्त स्वतन्त्रता सेनानी थिए पण्डित राप्रसाद बिस्मिल । जसका साहस र बहादुरीपूर्ण कृयाकलापले अंग्रेजी शासकहरुलाई नराम्रोसँग हल्लएर राखिदिएको थियो । केवल ३० वर्षको हुँदा नै उनी स्वतन्त्रताको संघर्षमा शहीद भएका थिए ।

ती उच्च साहस र बलिदानी भावनाका युवा बिस्मिलको जन्म ११ जुन १८९७ मा भारतको मध्यप्रदेशको सानो गाउँ बर्बाई गाउँमा भएको थियो । त्यो उनको मावली गाउँ थियो । उनको पालन पोषण भने भारतको उत्तर प्रदेश शाहजहाँपुरमा भएको थियो । तिनको मनमा देशका लागि केही न केही गरिछाड्ने उत्साह र ऊर्जा थियो । त्यसका लागि उनी सबभन्दा पहिला आर्यसमाजीहरुसँग सम्पर्कमा गए । उनमा आर्य समाजी भाइ परमानन्द, जो गदर पार्टीमा संलग्न थिए, को ठूलो प्रभाव परेको थियो । त्यतिबेला जब अंग्रेजी शासकहरुले ती आर्य समाजी भाइ परमानन्दलाई फाँसीको सजाय सुनाएको थियो त्यसप्रति बिस्मिल अत्यन्तै क्रुद्ध बने ।

त्यो क्रुद्धताकै बीच उनले के प्रतिज्ञा गरे भने त्यस फाँसीको बिरुद्ध उनले बदला लिएरै छाड्ने छन् चाहे त्यसका लागि उनले आफ्नो ज्यान नै दिनु किन नपरोस् । यसै सिलसिलामा पछि गएर बिस्मिलले भारतका अर्का महसुर क्रान्तिकारी पण्डित गेन्दालाल दीक्षितको संगठन ‘मातृबेदी’सँग सम्पर्क कायम गरे । ती दुबैले मिलेर भारतको उत्तर प्रदेशको मैनीपुर, इटावा, अगरा, शाहजाहाँपुर आदि जिल्लाहरुमा ठुलो अभियानको योजना अन्तरगत युवाहरुलाई संघर्षमा जोडे ।
हुन त बिस्मिलले आरम्भिक समयमा भारतको राष्ट्रिय कांग्रेससँग पनि राम्रैसँग काम गरेका थिए । १९२० मा कलकत्ता र १९२१ म अहमदाबादमा भएको कांग्रेसका उच्च राष्ट्रिय सम्मेलनहरुमा भाग पनि लिएका थिए । त्यस अहमदाबाद सम्मेलनमा जब मौलाना हसरद मोहानीले स्वराजको प्रस्ताब राखेका थिए त्यसलाई रामप्रसाद बिस्मिल, अशफाकउल्ला खाँ र दीगर इन्क्लाबीहरु सोचका नव युवाहरुले त्यसको दृढ समर्थन गरेका थिए । तर महात्मा गान्धी त्यो प्रस्ताब मान्न अस्वीकार गरेका थिए । त्यतिबेला अंग्रेजले चलाएको चौराचौरी हत्याकाण्डपछि महात्मा गान्धीले एकाएक असहयोग आन्दोलन फिर्ता लिने घोषणा गरेपछि त्यसले भारतका क्रान्तिकारी बिचारका नव युवाहरुमा ठुलो निराशा उत्पन्न भयो । उनीहरुले तुरुन्तै अर्को बाटो पक्रिए । सबै क्राान्तिकारी बिचारका युवाहरु जसमा भगत सिंह, चन्द्रशेखर आजाद, अशफाकउल्ला खाँँ, राजगुरु, भगबती चरण बोहोर, रोसन सिंह, राजेन्द्रनाथ लाहिडी, यशपाल, मन्मथनाथ गुप्ता र दुर्गा भाभी जस्ता क्रान्तिकारी पंक्तिकासाथ बिस्मिल पनि लागे र क्रान्तिको बाटोमाम अग्रसर बने ।

१९२४ मा बिस्मिले केही क्रान्तिकारी युवाहरुसँग मिलेर ‘हिन्दुस्थान रिपब्लिकन एशोसिएसन’को स्थापना गरे। त्यसको महत्वपूर्ण व्यक्तित्व सचिन्द्रनाथ सन्याल थिए भने उनले बिस्मिललाई सैनिक शाखाको प्रमुख बनाएका थिए । क्रन्तिका लागि हतियारको पनि आवश्यकता थियो नै । तर त्यो पैसा बिना प्राप्त हुँदैनथ्यो । त्यसलाई पूर्ति गर्न बिस्मिलले केही साथीहरुसँग मिले मैनपुरी गाउँमा ‘मनि एक्शन’ चलाए । त्यसपछि उनीहरुले सरकारी खजाना लुट्ने पनि योजना बनाए । ९ अगस्त १९२५ सहरानपुरबाट लखनऊ जाने रेललाई ककोरी स्टेशनमा उनीहरुले लुटे । त्यस घटनाले अंग्रेज शासकहरुको निन्द्रा खल्बलियो । त्यस काण्डमा संलग्न सबै क्रान्तिकारीहरु पक्राउ परे । त्यस मुद्दामा बिस्मिलले अदालत समक्ष आफ्नो पैरबी आफैँ गरे । त्यो मुद्दा डेढ वर्षसम्म चलेको थियो ।

त्यतिबेला अंग्रेज सरकारको तर्फबाट तीन सय साक्षी प्रस्तुत गरिएको थियो । तर पनि कसैले ती क्रान्तिकारीहरुले नै यो वारदात गरेको थियो भनेर कुनै ठोस प्रमाण दिन सकेनन् । यद्यपि अंग्रेजको जमानको क्रान्तिकारीहरुमाथिको त्यो कारबाही त केवल एउटा देखावटी कुरा मात्र थियो । त्यस मुद्दाको फैसला पहिले नै लेखिसकिएको थियो । अंग्रेजको अदालतले कुनै सबुद प्रमाण बिना नै बिस्मिल र उनका साथीहरुलाई त्यो ककोरी काण्डको अपराधमा फाँसीको सजाय सुनाइदियो । तर ती क्रान्तिकरीहरु कत्ति पनि हलचल र बिचलित भएनन् । त्यसको बिपरीत उनीहरुले आफूलाई मनपरेको गजल ठुलो स्वरमा अदालतमा गए । त्यो गजल थियो ‘सरफरोशी की तमन्ना अब हमारे दिल में है/देखना है जोर कितना बाजु–ए–कातिल में है’ । ती क्रान्तिकारीहरुको यो गजल गान अदालतमा नारा जस्तै गुञ्जियो । अदातलको कारबाही हेरिरहेका दर्शकको आवाज पनि उनीहरुको आवाजमा मिसियो । यसरी १९२७ को डिसेम्बर १९ का दिन उनीहरुलाई फाँसी दिइयो । त्यसैले उनीहरु लगायत लखौँ स्वतन्त्रताा सेनानी योद्धाहरुलाई आज सम्झना गर्ने गरिन्छ ।


क्याटेगोरी : जनमञ्च, बिचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट