Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

काठमाडौंबाट ३८ जना जुवाडे पक्राउ


काठमाडौं, १७ फागुन । राजधानी काठमाडौंका विभिन्न ठाउँमा जुवातास खेलिरहेका ३८ जना जुवाडे पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १४ कुलेश्वर गैरीशंकर बस्ने बसन्त सापकोटाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका १२ टेकु बस्ने ४२ वर्षीया दिलमाया देउलासमेत २३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद पाँच लाख ३८ हजार दुई सय रूपैयाँ र पाँच बुक ताससहित पक्राउ गरेको हो।

यसैगरी, काठमाडौं महानगरपालिका ९ शम्भुमार्ग बस्ने जमुना पौडेलको घरको अण्डरग्राउण्डमा जुवातास खेलिरहेको अवस्थामा काभ्रे घर भई हाल काठमाडौं महानगरपालिका(७ मित्रपार्क बस्ने ३६ वर्षीय जितनारायण श्रेष्ठसमेत ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४६ हजार रूपैयाँ र तीन बुक ताससहित फेला पारी पक्राउ गरेको हो।

यसैगरी, चन्द्रागिरी नगरपालिका(१२ बलम्बु बस्ने ५८ वर्षीय पूर्ण महर्जनको घरमा तास खेलिरहेको अवस्थामा महर्जनसमेत नौ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग बलम्भुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार नौ सय १० रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट