Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

थारु फिल्मका निर्देशक परशुराम चौधरीको पोर्चुगलमा निधन


काठमाडौं, २१ फागुन । थारु फिल्मका निर्देशक तथा अभिनेता परशुराम चौधरीको निधन भएको छ । उपचारको क्रममा ४५ वर्षिय थारुको निधन पोर्चुगलको एक अस्पतालमा भएको हो ।

अस्पतालले उनको मृत्यु हृदयघातबाट भएको जनाएको छ । उनलाई दुई महिनाअघि अस्पताल भर्ना गरिएको थियो । कमैया नामक डकुमेन्ट्रीमा उनले प्रमुख पात्रको भूमिका निर्वाह गरेका थिए । चौधरीकै अभिनय तथा लगानीमा निर्माण भएको थारु फिल्म बौछार, जीवन एक लदिया हो लगायत हिट भएका थिए ।

कराँतेका अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका चौधरी थारु फिल्मको निर्माण तथा अभिनयबाट चर्चामा आएका थिए । उनी धनगढी उपमहानगरपालिका(१ शिवनगरका बासिन्दा हुन् । सन् २०११ देखि पोर्चुगलमा बस्दै आएका थिए । चौधरीकी आमा, पत्नी र तीन छोरी छन् ।


क्याटेगोरी : प्रवास, मनोरञ्जन, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट