Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

काठमाडौं उपत्यकासहित वाग्मती र कोशी प्रदेशमा पानी पर्यो


काठमाडौं । अहिले काठमाडौं उपत्यकासहित वाग्मती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागको केही क्षेत्रमा पानी परिरहेको छ ।

पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले केही ठाउँमा मेघ गर्जनसहित पानी परिरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि मध्ययम खालको हिमपात भैरहेको छ । आज राति पनि देशका पहाडी र हिमाली क्षेत्रमा मौसम बदली भएर केही ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अहिले विकसित प्रणालीका कारण आज मध्यपहाड र त्यो भन्दा उत्तरतर्फ असिनापानी, हावाहुरी र चट्याङ र हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले बताए । यो प्रणाली भोलिसम्म पूर्वी र सोमबारसम्म पश्चिमी क्षेत्रमा फैलने उनले बताए ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट