देशभरकै मौसम सामान्यतया बदली, काठमाडौं सहित केही भागमा हल्का बर्षाको सम्भावना
काठमाडौं । देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव देखिएको छ । यसैको प्रभावले बर्दिया र मकवानपुर आसपासका क्षेत्रमा हल्का वर्षा भइरहेको छ ।
आज काठमाडौं उपत्यकामा बेलुकी पख हल्का वर्षाको सम्भावना रहेको छ । आज देशभरकै मौसम सामान्यतया बदली नै रहने छ। धेरै ठाउँमा बिहानैदेखि बादल लागेको छ । दिउँसो केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने सम्भावना रहेको छ।
पहाडी क्षेत्रका केही ठाउँमा भने बेलुकीपख हावाहुरी, मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ ।
तत्कालका लागि ठूलो वर्षाको सम्भावना भने नरहेको मौसम विद्हरुले बताएका छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया