Techie IT
  • १० वैशाख २०८१, सोमबार
Jhilko

बागमती प्रदेश सरकारले क्रिकेट खेलाडीहरुलाई जनही एक लाख रुपैयाँ दिने


हेटौँडा, ३ चैत । बागमती प्रदेश सरकारले विश्वकप क्रिकेट छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई जनही एक लाख रुपैयाँ दिने भएको छ।

प्रदेश सरकारले क्रिकेट खेलमार्फत् देशको गौरव बढाउन योगदान पुर्‍याएको भन्दै विश्वकप छनोटमा पुगेका खेलाडीलाई एक लाख रुपियाँसहित सम्मान गर्ने निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सरकारले प्रोत्साहन स्वरुप खेलाडीलाई जनही एक लाख रुपियाँ प्रदान गर्न लागेको जानकारी दिए

यसअघि संघीय सरकारले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मानसहित जनही तीन लाख दिने घोषणा गरेको छ। आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत बिहीबार भएको अन्तिम खेलमा यूएईलाई नौ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो।


क्याटेगोरी : खेलकुद, समाचार, बाग्मती प्रदेश
ट्याग : #cricket

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट