Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

काठमाडौंमा पानीको ड्रममा डुबेर बालकको मृत्यु


काठमाडौं । काठमाडौंको तारकेश्वरमा घर नजिकै राखेको ड्रमको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार तारकेश्वर नगरपालिका–१ साङ्ला बस्ने विष्णु तामाङका एक वर्षीय छोरा आयुष तामाङको आफ्नै घरको शौचालयमा रहेको पानीको ड्रममा डुबेर आज शुक्रवार दिउँसो मृत्यु भएको हो ।

डुबेर गम्भीर अवस्थामा फेला परेका उनको ग्रान्डी अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट