Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

हेटौँडामा जिपको ठक्करबाट घाइते भएका बालकको मृत्यु


हेटौंडा, ७ चैत । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ स्थित ओमनगर गेट अगाडी जिपको ठक्करबाट घाइते भएका एक बालकको मृत्यु भएको छ।

गत चैत ५ गते आइतबार बा १२ च ९७८६ नम्बरको जिप ठक्करबाट घाइते भएका १४ वर्षिय अनिल श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो। छाला फ्याक्ट्रीबाट ओमनगर गेटतर्फ जाँदै गरेको बा १२ च ९७८६ नम्बरको जिप स्थानीय जित बहादुर सारु मगरको घर अगाडी श्रेष्ठ र पार्कीङ गरेर राखेको बागमती प्रदेश ०३९००१ प ६२६५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

जिपको ठक्करबाट हात, खुट्टा र टाउकोमा गम्भीर चोट लागेको श्रेष्ठको सोही दिन भरतपुर मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।

ठक्कर दिने जिप, चालक र स्कुटर प्रहरीको नियन्त्रणमा छ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट