Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अमेरिका निवासी समाजसेवी कृष्ण लामिछाने मृत फेला


काठमाडौं, ८ चैत । अमेरिका निवासी समाजसेवी कृष्ण लामिछाने आफ्नै निवासमा मृत भेटिएका छन्। नेपाली समाज टेक्सस तथा जनसम्पर्क समितिका पूर्वअध्यक्ष लामिछाने मंगलबार साँझ टेक्ससस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा पनि आबद्ध उनको मृत्युको कारण भने खुल्न सकेको छैन। मृत्युको कारण पत्ता लगाउन प्रहरीले लामिछानेको शव पोस्टमार्टमका लागि अस्पताल लगेको छ।

उनी लामो समयदेखि पारिवारिक समस्याले तनाव रहेको निकटस्थहरूले बताएका छन्। गोर्खा घर भएका लामिछाने अमेरिकामा दुई छोरी र श्रीमतीका साथमा बस्थे। टेक्ससमा व्यवसाय गरेर बसेका उनी त्यहाँ नेपाली समुदायको सेवामा पनि सक्रिय थिए।


क्याटेगोरी : प्रवास, समाचार, गण्डकी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट