Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पर्सामा चितुवाको आक्रमणबाट प्रहरीसहित ती जना घाइते


वीरगंज, ८ चैत । चितुवाको आक्रमणबाट बुधबार बिहान पर्साको पोखरियामा एक प्रहरीसहित तीन जना घाइते भएका छन्। जंगलबाट गाउँमा पसेको चितुवाको आक्रमणबाट पोखरिया नगरपालिका ४ सतवरिया टोलका दिल महमद मियाँ, जोगिन्द्र साह तेली र प्रहरी जवान सुचिन्द्रप्रसाद यादव घाइते भएको पर्सा प्रहरीले जानकारी दिएको छ।

घाइतेमध्ये मियाँको अवस्था गम्भीर रहेको छ। उनलाई पोखरिया अस्पतालबाट थप उपचारका लागि नारायणी अस्पताल वीरगंज ल्याइएको छ। तेली र प्रहरी जवान यादवको पोखरिया अस्पतालमै उपचार भइरहेको पर्सा प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले बताए।

आज बिहान जंगलबाट सतवरिया टोलमा पसेको चितुवालाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। चितुवा अहिलेसम्म पनि नियन्त्रणमा आएको छैन। सतवरिया टोलकै शंकर यादवको गोठ घरमा चितुवा लुकेर बसेको छ। चितुवालाई नियन्त्रणमा लिन अहिले वनको टोली यादवको घरमा पुगेको छ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट