Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

४.५ प्रतिशत परिवारसम्म शौचालयको पहुँच छैन


काठमाडौं, १० चैत । राष्ट्रिय जनगणना २०७८ का अनुसार अझै देशका ४.५ प्रतिशत परिवारसम्म शौचालयको पहुँच पुगेको छैन।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गणना गरिएका ६६ लाख ६० हजार ८४१ व्यक्तिगत परिवारमध्ये ९५.५ प्रतिशत परिवारले कुनै न कुनै प्रकारको शौचालयको प्रयोग गर्ने गरेको पाइएको छ।

तर, ४.५ प्रतिशत परिवारहरुसँग अझै पनि शौचालयको पहुँच नभएको पाइएको हो। गत जनगणना २०६८ मा शौचालयको पहुँच नभएका परिवार ३८.२ प्रतिशत थिए।

मधेश प्रदेशमा शौचालय नभएको परिवार सबैभन्दा बढी १२ प्रतिशत देखिन्छ भने लुम्बिनी प्रदेशमा ५।६ प्रतिशत रहेको छ । शौचालय नभएका परिवारहरु बागमती र गण्डकी प्रदेशमा सबैभन्दा कम (१ प्रतिशत) रहेका छन्।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट