Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बेलारुसमा अलपत्र ९ महिलालाई स्वदेश फर्काइयो


काठमाडौं । बेलारुसमा अलपत्र ९ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ । शुक्रवार उनीहरुलाई नेपाल फर्काइएको हो । नेपाल फर्काइनेमा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुस्मा तामाङ, मिना गुरुङ, मार्फा सोताङ राईलाई स्वदेश फर्काएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले नेपाल फर्किएपछि अब बलियो आत्मविश्वास बनाएर अघि बढ्न सुझाव दिइन् । उनले विदेशमा पु(याइ अलपत्र बनाउनेलाई सरकारले कारबाही गर्ने आश्वासन दिइन् ।

उनले भनिन्, ‘नेपाल फर्किनुभएको छ, अब कुनै हौसला, आँट र आत्मविश्वास नगुमाइ काम गर्नुहोला, तपाईहरुलाई हामी न्याय दिनेछौँ, अपराधीलाई कारबाही गर्नेछौँ ।’

त्यस्तै नेकपा (एकीकृत समाजवादी) केन्द्रिय प्रचार विभाग सदस्य क्रितु भण्डारीका अनुसार ९ जना महिलाहरुलाई ललाईफकाई बेलारुस पु¥याइ अलपत्र पारीएका महिलाहरुलाई स्वदेश फर्काइएको भनाइ छ । त्यस्तै स्वदेश फर्काइएकी पीडित सानुमाया तामाङले बेलारुसमा आफूहरुले दैनिक १२ घण्टा काम गर्नुपरेको तर भनेको पारिश्रमीक नदिएको र पीडा दिने गरेको बताइन् । उनले नेपालबाट जाँदा एजेण्टहरुले डलरमा पैसा दिने भने पनि बेलारुसमा गएपछि बेलारुसी रुबेल ७५ रुपैयाँ दैनिक पाउने गरेको बताइन् ।

पीडित ९ जना महिलालाई विभिन्न संघसंस्थाहरुको सहयोगमा नेपाल फर्काइएको हो । उनीहरु टिकटक लाइभमा आएर नेपाल फर्काइदिन आग्रह गरेपछि नेपालबाट स्वदेश फर्काउने प्रयास भएको हो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट