Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

धनुषामा दुईवटा ट्रक आपसमा ठोकिँदा तीन जनाको मृत्यु


काठमाडौं, ११ चैत । धनुषामा दुईवटा ट्रक आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरीको इनरुवाका २८ वर्षीय सागर चौधरी, ३० वर्षीय अर्जुन चौधरी र मोरङकै बेलबारीका ४४ वर्षीय लोकमान थापा छन्।

चौधरीद्वय ना।६ख ६५७८ नम्बरको ट्रकका चालक र सहचालक हुन्। थापा प्रदेश १–०२–००१ ख ९२९२ नम्बरको ट्रकका सहचालक हुन्। सोही ट्रकका चालक सर्लाहीका २२ वर्षीय नारायण श्रेष्ठ गम्भीर घाइते भएका छन्।

उनको ढल्केबर हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। आज बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा दुई वटा ट्रक एकआपसमा ठोकिएका थिए।


क्याटेगोरी : समाचार, मधेस प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट