Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बाख्राका पाठालाई संगिनी सुई !


गुल्मी, १४ चैत । बाख्राका पाठाहरूको तौल बढ्ने भन्दै गुल्मीमा महिलामा प्रयोग गरिने गर्भनिरोधक संगिनी सुई लगाउने गरेको पाइएको छ।

गुल्मीको धुर्कोट गाउँपालिकाले सोमबार सूचना नै जारी गरी कतिपय वडामा रहेका ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताले नियमविपरीत बाख्राका पाठाहरूलाई महिलालाई लगाउने गर्भनिरोधक तीन महिने सुर्इ लगाउने गरेको पाइएकोले त्यस्तो कार्य रोक्न सचेत गराएको छ।

‘धुर्कोट गाउँपालिका वडा नं. १ नयाँगाउँ र वडा नं. ७ वाग्लामा केही पाठाहरूमा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूबाट नियमविपरीत संगिनी सुई लगाउने गरेको भन्ने जानकारीमा आएकाले उक्त कार्य यथाशीघ्र बन्द गराउन अनुरोध छ,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जारी गरेको सूचनामा उल्लेख छ।

बाख्राका पाठामा लगाइएको संगिनी सुइमा हुने हर्मोनको दिर्घकालिन असर मानव स्वास्थ्यमा पर्न जाने भएकोले यस्तो कार्य यथासिघ्र बन्द गराउन र आगामी दिनमा यस्तो कार्य गर्ने गराउने दुबैलाई कानुन बमोजिम दण्ड सजाय गरिने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले यस्तो कार्य कसले गरेको र गराएको भन्ने एकिन नभए पनि जनगुनासो आएकोले किसान र पशु प्राविधिक दुबैलाई सचेत बनाउन सूचना जारी गरिएको बताए।

‘यस्तो कार्य कसले गरेको हो भन्ने अझै पुष्टि भएको छैन, पाठाको तौल बढ्ने भ्रममा परी किसानहरूकै सहमतिमा तीन महिने सुई लगाउने गरेको भन्ने गुनासो आएको छ,’ पन्थीले भने।


क्याटेगोरी : जनमञ्च, रोचक, समाचार, स्वास्थ्य, लुम्बिनी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट