Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र मिटरब्याज पीडितहरुबीच भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिटरब्याज पीडितले आज भेटबार्ता गरेका छन्। बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

भेटमा प्रधानमन्त्री दाहालसमक्ष पीडितले मिटरब्याजबाट मुक्त गर्न आग्रह गरेका थिए। उनीहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले समस्या समाधानमा सरकार गम्भीर भएर लागेको जानकारी दिएको उनको सचिवालयले जनाएको छ।

तराईबाट ११ दिन हिँडेर केही दिनअघि काठमाडौं आइपुगेका मिटरब्याज पीडित न्याय नपाएसम्म नफर्किने भनेर बसिरहेका छन्। उनीहरुसँग गृह मन्त्रालयले तीन चरणको वार्ता गरिसकेको छ।

अधिकारसम्पन्न आयोग गठन गर्नुपर्नेलगायतका माग भने गृह मन्त्रालयले सम्बोधन गरिसकेको छ। शुक्रवार उपप्रधानमन्त्री एवं नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्यभार सम्हालेपछि मिटरब्याज पीडितको समस्या समाधानका लागि अधिकार सम्पन्न आयोग गठन गर्ने पहिलो निर्णय गरेको र आउँदो मन्त्रिपरिषद्मा प्रस्ताव लिएर जाने जानकारी दिएका थिए।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट