Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

ओमिक्रोन XBB.1.16 को सङ्क्रमण नेपालमा पनि पुष्टि


काठमाडौं । विगत केही दिनदेखि छिमेकी मुलुकमा फैलिरहेको कोभिड-१९ को नयाँ भेरिएन्ट ओमिक्रोन XBB.1.16 को सङ्क्रमण नेपालमा पनि पुष्टि भएको छ ।  चैत्र महिनामा सङ्कलित २४ वटा PCR तथा Antigen पोजेटिभ नमुनाहरूको पछिल्लो पटकको परीक्षण नतिजा अनुसार ओमिक्रोन XBB.1.16 को सङ्क्रमण १० वटा नमुनामा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

कोभिड-१९ मा हुने अणुवान्सिक परिवर्तनको पहिचान गर्ने उद्देश्यले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नियमित रूपमा गरिएको  पछिल्लो पटकको परीक्षण नतिजा अनुसार २४ वटै नमुनाहरूमा  ओमिक्रोन भेरिएन्ट पुष्टि भएको मन्त्रालयको भनाई छ । यसमध्ये  ओमिक्रोन BA.1.1 -२ वटा नमुनामा, ओमिक्रोन BA.2 -२ वटा नमुनामा, ओमिक्रोन BA.2.76 -१ वटा नमुनामा, ओमिक्रोन BA 5 -२ वटा नमुनामा, ओमिक्रोन BA.5.2 – २ वटा नमुनामा, ओमिक्रोन XBB.1.16 – १० वटा नमुनामा, ओमिक्रोन XBB. 1.5 -३ वटा नमुनामा, ओमिक्रोन XBB.2.6 -१ वटा नमुनामा, ओमिक्रोन XBF -१ वटा नमुनामा ) पुष्टि भएको छ ।

सङ्क्रमण बढेसँगै सिमानाकाबाट आवतजावत गर्ने शङ्कास्पद लक्षण भएका यात्रुहरूको सिमानाकाका हेल्थ डेस्कमा रहेका स्वास्थ्यकर्मीहरूबाट कोभिड – १९ परीक्षण गरी गराई नतिजा पोजेटिभ भएमा आवश्यक परामर्श सेवाका साथै थप निदान तथा उपचार गर्नुपरेमा नजिकको अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको सह-प्रवक्ता  डा. समीर कुमार अधिकारीले बताए ।

नेपालमा मौसमी रुघाखोकीका साथै को भिड -१९ को सङ्क्रमण पनि वृद्धि हुँदै गएकोले रोकथाम एवं नियन्त्रणका लागि सबै तह र तप्काबाट प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन र सम्भावित जोखिमबाट बच्न बचाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट