Techie IT
  • २१ मंसीर २०८०, बिहीबार
Jhilko

आज पनि केही ठाउँमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना


काठमाडौं। हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक देखि सामान्य बदली रहेको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने छ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरुमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

आज राति भने देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। यो क्रम बुधबार पनि जारी रहने महाशाखाले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट