Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बालविवाह गरेको आरोपमा दाङमा किशोर किशोरीसहित तीन जना पक्राउ


दाङ, २२ चैत । दाङमा बालविवाह गरेको आरोपमा प्रहरीले किशोर किशोरीसहित तीन जनालाई पक्राउ गरेको छ ।

विवाह गर्दै गरेको अवस्थामा प्रहरीले विवाह गराउन सहयोग गरेको आशङ्कामा दुलहीकी काकी नाता पर्ने ३७ वर्षीया एक महिलालाई पनि नियन्त्रणमा लिएको हो ।

प्रहरीले बङ्गलाचुली गाउँपालिका ४ गहतेराकी १५ वर्षीया किशोरी, वडा नम्बर ८ हाँसिपुर स्यालाका १६ वर्षीय किशोर र एक जना महिलालाई नियन्त्रणमा लिएको हो । उनीहरूविरुद्ध बालविवाहको मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए । केटाकेटीका परिवारले आपसी समझदारीमा विवाह गराएको उनले बताए ।


क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट