Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

इन्द्रसरोवर तालमा हाम्फालेका पुरूषको शव फेला


हेटौँडा, २२ चैत । मकवानपुरको इन्द्रसरोवर तालमा हामम्फालेका एक जना पुरूषको शव फेला परेको छ।

बुधबार दिउँसो इन्द्रसरोवर गाउँपालिका मार्खुस्थित तालमा पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए।

मृत फेला पर्नेमा काठमाडौंको दक्षिणकाली नगरपालिका ८ छैमलेका ३३ वर्षीय राजकुमार सुवेदी छन्। प्रहरी निरीक्षक घिमिरेका अनुसार उनी मंगलबार मार्खु पुगेका थिए। दिउँसो साढे १ बजेतिर उनी एक्लै डुंगा लिएर गएका थिए। बीचमा पुगेपछि उनले ‘लाइफ ज्याकेट’ फुकालेर हाम्फालेको घिमिरेले बताए। उक्त ज्याकेटबाट प्रहरीले मृतकको नागरिकता पनि फेला पारेको छ।

उनी हाम फालेको खबर पाएपछि प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले खोजी गरिरहेको थियो। खोजी गर्नेक्रममा बुधबार उनको शव फेला परेको हो। ‘काठमाडौंबाट एक्लै यहाँ आएको देखिन्छ। कसरी आएको हो भन्ने बुझ्ने क्रममा छौं,’ प्रहरी निरीक्षक घिमिरे। उनका आफन्तहरू आइसकेको प्रहरीले जनाएको छ।

इन्द्रसरोवर तालमा डुंगाबाट हाम्फालेर एक युवक बेपत्ता

 


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट