Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

काठमाडौंको ह्याम्स अस्पतालको छतमा हेलिकप्टर दुर्घटना


काठमाडौं, २५ चैत । काठमाडौंको ह्याम्स अस्पतालको छतमा हेलिकप्टर दुर्घटना भएको छ। छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा एयरनेस्टीको हेलिकप्टरको दुर्घटना भएको हो।

चिकित्सकलाई लिएर बिरामी लिन चितवन जानका लागि अवतरण हुने लागेको एयरनेस्टीको हेलिकप्टर दुर्घटना भएको बताइएको छ। एयरनेस्टीको हेलिकप्टरको दुर्घटना भए पनि कुनै पनि मानवीय क्षति भने नभएको बताइएको छ।

दुर्घटनामा परेको हेलिकोष्टरका पाइलट सकुशल छन् भने हेलिकप्टरको पछाडिको पंखा खुस्किएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

 


क्याटेगोरी : समाचार, स्वास्थ्य, बाग्मती प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट