Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बसको ठक्करबाट साँफेबगरका एक युवकको मृत्यु भएपछि आफन्तहरू आन्दोलित


अछाम, २६ चैत । बसको ठक्करबाट घाइते भएका साँफेबगरका एक युवकको उपचारको क्रममा ज्यान गएपछि आफन्तहरू आन्दोलित भएका छन् । साँफेबगर नगरपालिका ३ सिद्देश्वरका २६ वर्षीय हेमराज कुँवरको उपचारका क्रममा मृत्यु भएपछि आफन्तहरू आन्दोलित भएका हुन्।

मृतकका आफन्तहरूले दुई दिनदेखि बजार र यातायात ठप्प पारेका छन् । साँफेबगरमा र जयगढमा बस काउन्टरमा तोडफोड समेत गरेका छन् । डाक्टर र बस व्यवसायी समितिको मिलेमतोमा ज्यान गएको मृतकका आफन्तको आरोप छ । ठक्कर दिने सुप्रप ०१–००१ ख ३१५४ नम्बरका गाडी चालकलाई कारबाही र मृतकको श्रीमती र दुई छोरीको लालन पालनको जिम्मा लिनुपर्ने मृतकका आफन्तले माग गरेका छन्।

चैत १९ गते साँफेबगर नगरपालिका ७ रिडिकोटको वडा कार्यालय नजिकै बसले ठक्कर दिएको थियो । कुँवरको उपचारका क्रममा काठमाडौंमा चैत्र २४ गते मृत्यु भएको थियो।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश
ट्याग : #accident

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट