Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राष्ट्रपति पौडेल फेरि अस्पताल भर्ना


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल फेरि अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल स्वास्थ्यमा समस्या आएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि भर्ना भएका हुन् । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका प्रशासन प्रमुख वैकुण्ठ थपलियाका अनुसार राष्ट्रपतिलाई श्वासप्रश्वासमा समस्या देखिएपछि डाक्टरको सुझावअनुसार अस्पतालमा भर्ना गरिएको हो । सुरुमा पेटमा र पछि छातीमा समस्या देखिएपछि पौडेल निरन्तर डाक्टरको निगरानीमा छन्। उनको फोक्सोको तल्लो भागको पानी झिकेर परीक्षणका लागि पठाइएको छ ।

यसअघि राष्ट्रपति पौडेल चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएर चैत २२ गते डिस्चार्ज भएका थिए । हिजो सोमवार पनि छातीमा समस्या देखिएपछि राष्ट्रपति पौडेल स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेर फर्किएका थिए ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट