डोटीको जोरायलमा भीरबाट लडेर एक गर्भवती महिलाको ज्यान गयो

डोटी, १३ वैशाख । डोटीको जोरायल गाउँपालिका–१ तुसे गाउँमा एक महिलाको भीरबाट लडेर ज्यान गएको छ । इलाका प्रहरी कार्यालय विपीनगरका अनुसार भीरबाट लडेर ज्यान गुमाउनेमा जोरायल गाउँपालिका–१ तुसे बस्ने २१ वर्षीया अनिता मल्ल छिन् ।
बिहान घर नजिकैको जंगलमा स्याउला ल्याउन भएकी मल्ल घर नफर्कीएपछि परिवारले खोजी कार्य गर्ने क्रममा उनी घरदेखि करिब दुई किलोमीटर टाढा भीरबाट लडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको इलाका प्रहरी कार्यलय विपीनगरका प्रहरी निरीक्षक लोकेन्द्र गुरुले जानकारी दिए । मृतक महिला गर्भवती रहेको बताइएको छ ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश
ट्याग : #death
प्रतिक्रिया