Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बारामा फलामको छडले घोच्दा सेनाका जवानको मृत्यु


बारा, १५ वैशाख । बाराका सिसहनियामा ट्याक्टरमा लोड गरेको फलामको छडले घोच्दा नेपाली सेनाका एक जवानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नेपाली सेनाको कसरा ब्यारेक नवलपरासीमा कार्यरत जवान राजकुमार राम रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता पुरुषोत्तम सिंह पाण्डेयले जानकारी दिए । बा८.प ८२८० नम्बरको मोटरसाइलमा वीरगञ्जबाट कलैया जाने क्रममा कलैया उपमहानगरपालिका–२४ सिसहनियामा ना ५ त ४०२१ नंको ट्याक्टरमा रहेको फलामको रडले घोच्दा घटनास्थलमा मृत्यु भएको प्रवक्ता पाण्डेयले जानकारी दिए ।

ट्याक्टर चालक रौतहट जिल्ला देवाही गोनाही नगरपालिका–५ टिकुलिया निवासी ३२ वर्षीया रमेश तिवारीलाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिएको प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले जानकारी दिए । मृतक राम कलैया उपमहानगरपालिका–१६ मझैलिया निवासी हुन् ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट