Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

वर्षाले रोकिएको एसीसी प्रिमियर कपको फाइनल खेल फेरि सुरु


काठमाडौं, १८ वैशाख । । वर्षाले रोकिएको एसीसी प्रिमियर कपको फाइनल खेल फेरि सुरु भएको छ । फाइनलमा नेपाल र युएई त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको युएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा खेल रोकिएको थियो । खेल रोकिनु अघि युएईका आसिफ खान १५, बसिर हमिद ६ रनमा क्रिजमा थिए ।

प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुने भएकाले यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #breaking, #cricket

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट