Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अन्तरिक्ष यात्रा गराउने दौडमा रहेका कम्पनीहरू


काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा मिसनहरू अब सामान्य हुन थालेको छ । अर्बपति एलोन मस्कले मंगल ग्रहमा जाने कुरा गर्दै छन् । मात्र ६५ वर्ष पहिले कुनै पनि मानिस अन्तरिक्षमा गएको थिएन ।

तीन लाख वर्षसम्म मानिस जातिले पृथ्वीमा हिँडदै आएकोमा सन् १९६१ मा सोभियत अन्तरिक्ष यात्री युरी गागरिन पृथ्वीको सीमाबाट उम्कने पहिला व्यक्ति बनेयता अन्तरिक्षमा मानिसहरूले यात्रा गर्न सक्ने विश्वासमा द्रुतगतिको पखेटा लाग्न पुगेको थियो । युरी गागरिनको पहिलो मानव अन्तरिक्ष यात्रा यताको पाँच दशकमा अन्तरिक्ष यात्रा गराउने कम्पनीहरू विश्वका विभिन्न ठाउँमा उभिन पुगेका छन् ।

तर, तत्काल यो यात्राका लागि अर्बपतिहरूले मात्र टिकट किन्न सक्ने भएका छन् । लागत घटेपछि लखपतिहरूका लागि उपलब्ध हुने अपेक्षा भने गर्न सकिन्छ । अन्तरिक्ष यात्रा कम्पनीहरूमध्ये कसले पहिलो बाजी मार्ला भन्ने चर्चा चलिरहेको छ ।

भर्जिन ग्यालेक्टिक
टिकट मूल्यः साढे चार लाख अमेरिकी डलर वा तीन लाख ६० हजार पाउन्डस्टर्लिङ रहेको छ । यो स्पेसपोर्ट अमेरिकाको न्यू मेक्सिकोबाट उड्ने छ । यसको अनुभव ९० मिनेटको रहनेछ । यसआधारमा प्रतिमिनेटको अनुभवको लागत चार हजार पाउन्डस्टर्लिङ रहेको छ । करिब पाँच मिनेट वजन शून्यको अवस्थामा रहन पाइन्छ । पृथ्वीको झलक हेर्न यानमा १७ झ्यालहरू रहेका छन् । उचाई ५० माइल वा ८० किलोमिटरको हुनेछ । यसको यान भीएसएस युनिटी स्पेसप्लेन हो । प्राविधिकरूमा अन्तरिक्षमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमा ६२ माइल वा सय किलोमिटरको उचाइँ हो । यो कारमान रेखाको १२ माइल वा २० किलोमिटर वरसम्म मात्र पुग्नेछ । यो उडान सन् २०२४ को गर्मीमा हुने अपेक्षा गरिएको छ । यसमा छ यात्रुहरूसँग दुई चालक पनि हुनेछन् ।

धेरैले अर्बपति उद्यमी एलोन मस्क, जेफ बेजोस र सर रिचार्ड ब्रान्सनबीच अन्तरिक्ष दौडमा प्रतिस्पर्धा विशेषरूपमा रहेको देखिएको छ ।
सन् २००४ मा भर्जिन ग्यालेक्टिक उद्यम सुरु गरेदेखि नै ब्रान्सन एक प्रमुख खेलाडी बनेका छन् । अन्तरिक्ष यात्रामा सधैं जस्तै– धेरै अवरोधहरू आएका छन् – तर ब्रान्सनले सन् २०२१ मा उनले आफ्ना कट्टर प्रतिद्वन्द्वी बेजोसलाई अन्तरिक्ष यात्रामा नौ दिनले मात्र पछि पार्न सफल भएका थिए । ब्रान्स अन्तरिक्षमा नौ दिन पहिले पुगेका थिए । अब उनले सन् २०२४ मा पनि यात्रुहरूलाई पहिलो उडान सफलतापूर्वक सम्पन्न गर्ने अपेक्षा गरिएको छ ।

ब्लु ओरिजन
टिकट मूल्यः दुई लाख देखि तीन लाख अमेरिकी डलर वा एक लाख ६० हजार देखि दुई लाख ४० हजार पाउन्डस्टर्लिङ रहेको छ । यो भ्यान हर्न, टेक्सासबाट उड्ने छ । यसको अनुभव १० मिनेट २० सेकेन्डको रहनेछ । यसआधारमा प्रतिमिनेटको अनुभवको लागत चार हजार पाउन्ड स्टर्लिङ रहेको छ । करिब तीन मिनेट वजन शून्यको अवस्थामा रहन पाइन्छ । पृथ्वीको झलक हेर्न यानमा तीन फिट अग्लो अढाई फिट चौडा पाँच वटा झ्यालहरू रहेका छन् । उचाई ६२ माइल वा सय किलोमिटरको हुनेछ । यसको यान न्यु शेपर्ड रकेट हो । यो उडान सन् २०२४बाट फेरि पर्यटकहरूका लागि खुल्ने अपेक्षा छ । पहिलो उडान धेरै पहिले भइसकेको छ । छ यात्रुका लागि दुई दिने प्रशिक्षण आवश्यक हुनेछ ।
अमेजनका संस्थापक जेफ बेजोसले सन् २००० मा अन्तरिक्ष क्षेत्रमा प्रवेश गरेका थिए, एलोन मस्कले स्पेसएक्स बनाउनुभन्दा दुई वर्ष अगाडि र ब्रान्सनभन्दा चार वर्ष अगाडि बेजोसको कम्पनी स्थापित भएको थियो । बेजोसले जुलाई २०, २०२१ मा अन्तरिक्षमा पहिलो चालक दल ब्लू ओरिजिन मिसनमा सवार थिए ।

एक्सिम स्पेस/स्पेस एक्स
टिकट मूल्यः पाँच करोड पाँच लाख अमेरिकी डलर छ । यसमा ३५ हजार डलर आईएसएसमा बस्ने खर्च पनि जोडिएको छ । यो भ्यान फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट उड्ने छ । यसको अनुभव १० दिन अन्तरिक्ष स्टेसनमा आठ दिनको हुनेछ । यहाँको प्रतिमिनेट लागत तीन हजार पाउन्डस्टर्लिङ रहेको छ । वजन शून्य भएको अनुभव धेरै दिन गर्न सकिनेछ । पृथ्वीको झलक हेर्न यानमा तीन फिट अग्लो अढाई फिट चौडा पाँच वटा झ्यालहरू रहेका छन् । उचाई दुई सय ५० माइल वा चार सय किलोमिटरको हुनेछ । यसको यान क्रू ड्र्यागन क्याप्सुलको साथ फाल्कन नाइन रकेट हो । चार यात्रु र एक कमान्डर रहनेछ । यी तीन प्रतिस्पर्धी अन्तरिक्ष यात्रा सेवा कम्पनीका अतिरिक्त कम्पनीहरू पनि रहेका छन्

जेफाल्टो
टिकट मूल्यः एक लाख २० हजार युरो वा एक लाख छ हजार पाउन्ड स्टर्लिङ रहेको छ । यो फ्रान्सबाट उड्ने छ । यसको अनुभव छ घन्टाको हुनेछ । प्रतिमिनेट लागत दुई सय ९४ पाउन्डस्टर्लिङ रहेको छ । वजन शून्य भएको अनुभव छैन । धेरै दिन गर्न सकिनेछ । पृथ्वीको झलक हेर्न यानमा तीन फिट अग्लो अढाई फिट चौडा पाँच वटा झ्यालहरू रहेका छन् । उचाई १५.५ माइल वा २५ किलोमिटरको हुनेछ । यसको यान सेलेस्टे नामको भाँडो भएको स्ट्र्याटोस्फेरिक बेलुन हो । छ यात्रु र दुई पाइलेट रहनेछ ।

यो कम्पनीले सन् २०२५देखि बेलुन लन्च गर्ने योजना बनाएको छ । यसमा प्रसिद्ध फ्रान्सेली शेफहरूद्वारा पकाएको खाना र एक प्रसिद्ध सोमेलियरद्वारा चयन गरिएको वाइन उपलब्ध गराउने वाचाको साथ अन्तरिक्ष यात्रा गराइने छ ।

एक पटक अन्तरिक्षको छेउमा, सेलेस्टे स्ट्र्याटोस्फेरिक बेलुनमा सवार पाहुनाहरूले पृथ्वी, सूर्य र ताराहरूको रोमाञ्चक दृश्यहरू लिन पाउनेछन् जुन पहिले अन्तरिक्ष यात्रीहरूको लागि मात्र आरक्षित गरिएको थियो ।
यो स्पेस बेलुन दौडमा एक प्रमुख दावेदारको रूपमा पहिलेको लक्ष्य प्रक्षेपण मितिहरूमध्ये एकको रूपमा हेरिएको छ, तर के यसको राम्रो भोजन ग्राहकहरूलाई आफ्ना प्रतिद्वन्द्वीहरूबाट टाढा राख्न पर्याप्त हुनेछ ?

स्पेस परस्पेक्टिभ
टिकट मूल्यः सवा लाख अमेरिकी डलर वा एक लाख पाउन्ड स्टर्लिङ रहेको छ । यो समुद्री स्पेसफोट फ्लोरिडाबाट उड्ने छ । यसको अनुभव छ घन्टाको हुनेछ । प्रतिमिनेट लागत दुई सय ७७ पाउन्डस्टर्लिङ रहेको छ । वजन शून्य भएको अनुभव छैन् । धेरै दिन गर्न सकिनेछ । पृथ्वीको झलक हेर्न यानमा तीन फिट अग्लो अढाई फिट चौडा पाँच वटा झ्यालहरू रहेका छन् । उचाई २०माइल हुनेछ । यसको यान बेलुनमा स्पेसशिप नेप्च्यून हो । पहिलो उडान सन् २०२४को अन्त्यतिर हुनेछ । आठ यात्रु रहनेछन । अतिरिक्त सुविधाहरूमा ककटेलहरू राम्रो भोजनको व्यवस्था गरिएको छ ।
यो क्याप्सुलमा उच्च–गतिको वाइफाइ जडान पनि हुनेछ । यात्रुहरूले परिवार र साथीहरूलाई पृथ्वीमा यात्राको आनन्द दिने छन् ।

गिकेन
टिकट मूल्यः एक लाख ८० हजार अमेरिकी डलर वा एक लाख ४८हजार पाउन्ड स्टर्लिङ रहेको छ । यो जापानको बेलुन पोर्ट होकाकाइदोबाट उड्ने छ । यसको अनुभव चार घन्टाको हुनेछ । प्रतिमिनेट लागत छ सय १६ पाउन्डस्टर्लिङ रहेको छ । वजन शून्य भएको अनुभव छैन । धेरै दिन गर्न सकिनेछ । उचाइँ १५माइल वा २५ किलोमिटरको हुनेछ । यसको यान इवाया गिकेन पोट हो । पहिलो उडान यस वर्षको अन्त्य नभए अर्को वर्ष हुनेछ । एक यात्रु र एक चालक हुनेछ ।

हालो स्पेस
टिकट मूल्यः एक लाखदेखि दुई लाख युरो वा ८८ हजार देखि एक लाख ७६ हजार पाउन्ड स्टर्लिङ रहेको छ । यो सेभिल, स्पेनबाट उड्ने छ । साथै यसका चार महाद्वीपहरूमा उडान आधारहरू रहेका छन् । यसको अनुभव चारदेखि छ घन्टाको हुनेछ । प्रतिमिनेट लागत दुई सय ४४ देखि चार सय ८८ पाउन्डस्टर्लिङ रहेको छ । वजन शून्य भएको अनुभव छैन । उचाई २५ माइल वा ४० किलोमिटरको हुनेछ । यसको यान हालो विमान हो । पहिलो उडान २०२९ मा हुनेछ । आठ यात्रु र एक चालक हुनेछ । यसका लागि प्रशिक्षण वा स्पेस सुटको आवश्यकता नहुने जनाइएको छ ।

रेडियन एयरोस्पेस
टिकट मूल्यः अझै नगरिएको यो कम्पनीका उडानहरू अमेरिकाका वाशिङटन बेलायतमा हिथ्रो, म्यानचेस्टर, ग्याटविक, बर्मिंघम र स्ट्यान्स्टेड सहित धेरै प्रमुख एयरपोर्टहरूमा अवतरण गर्न डिजाइन गरिएको छ । यसका अन्य विवरणहरू खुलाइएको छैन् ।
चिनियाँ अन्तरिक्ष स्टेशन

यो दौडमा चीन पनि रहेको छ । यसका लागि चीनले आफ्नै अन्तरिक्ष स्टेसन बनाउन लागेको छ । सन् २०२१देखि अन्तरिक्ष स्टेसन बनाउन सुरु गरेको कार्य अब सकिन लागेको छ । –समयबद्धबाट


क्याटेगोरी : विज्ञान, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट